खेलकुद

फिफा विश्वकप फुटबल प्रतियोगिता आउँदो फेब्रुअरीमा

काठमाण्डाै – फिफा क्लब विश्वकप फुटबल प्रतियोगिता आउँदो फेब्रुअरीमा हुने भएको छ ।

फिफाले क्लब विश्वकप २०२१ को फेब्रुअरीमा हुने जनाएको हो । कतारमा हुने क्लब विश्वकप फेब्रुअरी १ देखि ११ सम्म हुनेछ ।

यसअघि फिफा विश्वकप डिसेम्बरमा हुँदै आइरहेको थियो । तर, कोरोना भाइरसको कारण यस वर्षको क्लब विश्वकपपछि सरेको हो ।

गएको वर्ष इङ्ग्लिस क्लब लिभरपुलले उपाधि जितेको थियो । कतारले २०२२ को फिफा विश्वकप फुटबल समेत आयोजना गर्दैछ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

राष्ट्रिय क्रिकेट खेलाडीको बन्द प्रशिक्षण आजदेखि सुरु हुँदै
रहेनन् फुटबल लिजेन्ड म्यारोडोना
बढिमालिका कप फुटबल प्रतियोगिताको उपाधि नुवाघर युवा क्लवलाई
कथा सकिएको छैन,बिस्तारै सुरु हुदैछ : सन्दीप