मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

देशैभर बढ्यो चिसो, सतर्कता अपनाउनुस् : मौसम पूर्वानुमान महाशाखा

देशैभर बढ्यो चिसो, सतर्कता अपनाउनुस् : मौसम पूर्वानुमान महाशाखा


कठमाडौं – जल तथा मौसम विज्ञान विभाग अन्तर्गत मौसम पूर्वानुमान महाशाखाले आज देशका धेरै स्थानमा न्यूनतम तापक्रम घट्न सक्ने जनाएको छ। 

महाशाखाले तराई भू–भागमा बिहान पारदर्शितामा कमी हुँदा सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने अनुमान गर्दै  सतर्कता अपनाउन अनुरोध गरेको छ।   

मंगलबार प्रदेश २ र प्रदेश १ का तराई भू–भागमा सामान्य बदली रहेको र बाँकी  भू–भागमा मौसम सामान्यतया सफा रहेको पनि महाशाखाले जनाएको छ।  

आगामी तीन दिन अर्थात बिहीबारसम्म देशका पहाडी भू–भागमा आंशिक बदली रहने र बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ। 

यद्यपि उच्च हिमाली जिल्लाहरुमा हिमपात सुरु भएकाले देशका अधिकांश क्षेत्रमा सोमबारबाट चिसो बढेको बताइएको छ।