मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपालगन्ज म्याराथनको विजेताले यो वर्ष ७५ हजार पाउने

नेपालगन्ज म्याराथनको विजेताले यो वर्ष ७५ हजार पाउने


काठमाडौं । नेपालगन्ज म्याराथनको विजेताले पुरस्कारबापत यो वर्ष ७५ हजार रुपैयाँ पाउने भएको छ । मंसिर पहिलो साता आयोजना हुने धारा छैटौं नेपालगन्ज म्याराथनको विजेताले पाउने भएको आयोजक क्रिएटिभ ह्यान्ड्स तथा क्रियटिभ गन्ज मिडिया एन्ड इभेन्ट्सले शनिबार एक विज्ञप्ति निकाल्दै जनाएको छ ।

आयोजकले अघिल्लो संस्करणभन्दा यो संस्करणको पुरस्कार राशि बढाएको जनाएको छ । यसपटक म्याराथनका विजेताले ७५ हजार, दोस्रोले ३० हजार, तेस्रोले १५ हजार रुपैयाँ प्राप्त गर्नेछन् । त्यस्तै चौथोले १०, पाँचौंले ८, छैटौंले ७, सातौंले ६ र आठौं हुनेले ५ हजार रुपैयाँ पाउनेछन् ।

विजेताले गत वर्षको तुलनामा २० हजार रुपैयाँ बढी पाउने बताइएको छ । त्यस्तै महिला हाफ म्याराथनको विजेताले ३०, दोस्राले १५, तेस्रोले १० हजार रुपैयाँ प्राप्त गर्नेछन् । त्यस्तै चौथोलाई ७, पाँचौंलाई ६ र छैटौं हुनेलाई ५ हजार रुपैयाँ प्रदान गरिनेछ ।

नेपालगन्ज म्याराथनको पहिलो संस्करणमा नेपाली सेनाका होमलाल श्रेष्ठ, दोस्रोमा सेनाकै कृष्ण बस्नेत, तेस्रोमा जुम्लाका दुर्ग बुढा, चौथो संस्करणमा नेपाल पुलिस क्लबका भुमिराज राई र सेनाका नवराज साउद विजेता भएका थिए ।

त्यस्तै महिला हाफ म्याराथनमा नेपालकी नम्बर एक धाविका कान्छीमाया कोजु दुई संस्करणमा विजेता भइसकेकी छिन् । गत संस्करणमा सेनाकी पूर्णलक्ष्मी न्यौपानेले जितेकी थिइन् ।

नेपालगन्ज म्याराथन मंसिर ६ गते हुँदै छ । नेपाल ओलम्पिक कमिटी (एनओसी) ले नेपालगन्ज म्याराथनलाई ओलम्पिक छनोटका रुपमा समेत लिएको छ ।