मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कथा सकिएको छैन,बिस्तारै सुरु हुदैछ : सन्दीप

कथा सकिएको छैन,बिस्तारै सुरु हुदैछ : सन्दीप


काठमाडौं । १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) मा सहभागी भएर नेपाल फर्किएका नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य सन्दीप लामिछाने कथा अझै बाँकी रहेको बताएका छन् । 

सन्दीपले आफ्नो ट्विटरमार्फत ‘कथा सकिएको छैन । विस्तारै सुरु हुँदै छ’ ट्विट गरेका छन् । उनले आईपीएल खेल्न नपाएको विषयलाई ट्विटरमा संकेत गरेको नेपाली खेल क्षेत्रको अनुमान छ  ।

दिल्ली क्यापिटल्समा अनुबन्ध भएका सन्दीप बिहीबार बिहान नेपाल आइपुगेका हुन् । पहिलो पटक आईपीएल इतिहासको फाइनलमा पुगेको दिल्लीमा रहेका सन्दीपले यस सिजन कुनै पनि खेल खेल्न पाएनन् । फाइनल खेलसम्म दिल्लीले १७ खेल खेल्दा सन्दीप १७ वटै खेलमा बेन्चमा रहेका थिए । 

२०१८ मा दिल्लीमा आबद्द भएका सन्दीपले पहिलो सिजन भने तीन खेल खेल्ने अवसर पाएका थिए । आफ्नो पहिलो सिजनमा उनले मात्र तीन खेल खेल्दै पाँच विकेट लिएका थिए । 

त्यस्तै आफ्नो दोस्रो सिजन २०१९ मा सन्दीपले ६ खेल खेलेका थिए । उनले ६ खेलमा ९.१३ को इकोनोमिमा बलिङ गर्दै ८ विकेट लिएका थिए । तर, यस सिजनमा भने उनले मैदानमा उत्रिने अवसर नै पाएनन् । 

आईपीएलमा सहभागी हुन पूर्व क्यारेबियन प्रिमियर लिग (सीपीएल) मा सहभागिता भएका सन्दीपले उतैबाट आईपीएलका लागि यूएई पुगेका थिए । लामो समयपछि नेपाल फर्किएका सन्दीप करिब तीन साताको नेपाल बसाइपछि ‘बिग बास लिग’ (बीबीएल) खेल्न अष्ट्रेलिया प्रस्थान गर्ने जनाइएको छ । 

सन्दीपले यसअघि बीबीएलका दुई संस्करण मेलवर्न स्टार्सबाट खेलेका थिए । तर, यस सिजन उनी नयाँ टोलीबाट खेल्ने छन् । बीबीएल खेल्ने टोलीको टुंगो भने अर्को साता लाग्नेछ । बीबीएल डिसेम्बर १० देखि सुरु हुँदैछ ।