मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

स्वास्थ्यकर्मीलाई कोरोना देखिएपछि स्वास्थ्य चौकी सिल

स्वास्थ्यकर्मीलाई कोरोना देखिएपछि स्वास्थ्य चौकी सिल


बाजुरा : जिल्लाको बुढीगंगा नगरपालिकामा रहेको टाँटे स्वास्थ्य चौकीमा कार्यरत स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण देखिएको छ । स्वास्थ्यचौकीमा कार्यरत ४५ वर्षीय एक कर्मचारीमा आइतबार कोरोना भाइरस संक्रमण पुष्टी भएपछि स्वास्थ्य चौकी तीन दिनका लागि सिल गरिएको टाँटे स्वास्थ्य चौकीले जनाएको छ ।

स्वास्थ्य चौकी सिलपछि अति आवश्यक सेवा बाहेकका अन्य सेवा बन्द गरिएको हो । शुक्रबार गरिएको १२ जनाको स्वाव संकलनमा एक जना स्वाथ्यकर्मीमा कोरोना संक्रमण देखिएको जिल्ला स्वास्थ्य कार्यालय बाजुराका वरिष्ठ जनस्वास्थ्य अधिकृत दयाकृष्ण पन्तले जानकारी दिए ।

उनले दिएको जानकारी अनुसार स्वाब संकलन गरी अछाम जिल्लाको कमलबजार स्वास्थ्य चौकीमा गरिएको पिसिआर परिक्षण गरिएको १२ जनामध्ये एक जना स्वास्थ्यकर्मीमा कोरोना भाइस पुष्टी भएको जिल्ला स्वास्थ्य कार्यालय बाजुराका बरिष्ट जनस्वास्थ्य अधिकृत पन्तले  बताएका छन ।

स्वास्थ्यकर्मिलाई कोरोना भाइसरको पुष्टी भएपछि स्वास्थ्य चौकीमा कार्यरत अन्य कर्मचारीको स्वाब लिने बुढीगंगा स्वास्थ्य शाखा प्रमुख दीपक शाहले बताए । उनीहरुको स्वाब संकलन गरी पिसिआर रिपोर्ट आएपछि मात्र स्वास्थ्य चौकीमा सेवा दिने भएको बताइएको छ ।

जिल्ला अस्पताल बाजुराका उपचार गराउन आएका नेपाली काँग्रेस पुर्व पाटी सभापति मनबहादुर रावललाई कोरोना भाइरस  देखिएपछि उहाको परिवारको स्वाव लिदा स्वास्थ्यकर्मीको समेत स्वाब संकलन गरिएको हो ।

यस्तै जिल्ला अस्पताल बाजुराका २२ जनाको पिसिआर परिक्षणका लागि शनिबार डोटीमा पठाइएको स्वास्थ्य कार्यालय बाजुराका वरिष्ठ जनस्वास्थ्य अधिकृत पन्तको भनाई रहेको छ । 
जिल्लामा हाल सम्म कोरोना संक्रमित हुनेको संख्या ५८२ रहेको छ ।