अर्थ

आफन्त गु’माएका रामारोशनका ७ परिवारलाई आर्थिक सहयोग

अछाम : समाज सुधार सेवा नेपाल संस्थाले रामारोशन गाउपालीकामा भदौ २ गतेको बाढीमा आफन्त गुमाएका परिवारलाई आर्थिक सहयोग गरेको छ । आफन्त गुमाएका ७ परिवारलाई ७ परिवारलाई करिब २२ हजार आर्थिक सहायता गरिएको हो । धेरै आफन्त गुमाएका १ परिवारलाई ४५ सय र अन्य परिवारलाई २५ सयका दरले हस्तान्तरण गरिएको छ । रामारोशनमा वितरण गरिएको आर्थिक रकम अरूणोदय विधुत सहकारी संस्था कैलालीका अध्यक्ष डण्ड प्रसाद भाट, अमेरिकाबाट उषा बिष्ट, समुन्द्र थपलिया र रबिन्द्र खड्काले सहयोग गर्नु भएको थियो । रामारोशन ५ को सैनीबजारमा गरिएको आर्थिक सहयोग हस्तान्तरण कार्यक्रममा रामारोशन गाउपालीकाका अध्यक्ष झँकर बहादुर साउद, नेकपा जिल्ला कमिटी सदस्य ललीता बुढा, नेपाली काग्रेसका पुष्प बिष्ट, समाज सुधार सेवा नेपाल संस्था अछामका अध्यक्ष बसन्तराज भाट, सदस्य भिमराज भाटको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

नर्सिङ लाइसेन्स परीक्षा शनिबार हुँदै, १३३८ जना सहभागी हुँदै
सुदूरपश्चिममा पहिलो चौमासिकमा ६ प्रतिशत बजेट खर्च
आत्मविश्वासले बदलिएको सपनाको जीवन
कक्षा १२ को परीक्षा उत्साहजनक