मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

उपत्यकामा २० हजारभन्दा बढी सक्रिय संक्रमित

उपत्यकामा २० हजारभन्दा बढी सक्रिय संक्रमित


काठमाडौं– काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा १ हजार ६१५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा १ हजार ३३८ जना, भक्तपुरमा ९७ जना र ललितपुरमा १८० जनामा संक्रमण पुष्टि भएको हो। 

योसँगै काठमाडौंमा कोरोना संक्रमितको संख्या ५९ हजार २३४, भक्तपुरमा ५ हजार ५१९ र ललितपुरमा ८ हजार ३५० पुगेको छ। हाल काठमाडौँमा  १६ हजार ५२१ जना सक्रिय संक्रमित छन् भने भक्तपुरमा १ हजार ७५ र ललितपुरमा २ हजार ४७० जना सक्रिय संक्रमित छन्। 

हालसम्म काठमाडौंमा २०९ जनाको मृत्यु भएको छ भने भक्तपुरमा ६१ जना र ललितपुरमा ५८ जना कोरोना संक्रमितको मृत्यु भएको छ।