मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

देशका कुल कोरोना संक्रमित मध्ये आधाभन्दा बढी बागमती प्रदेशमा

देशका कुल कोरोना संक्रमित मध्ये आधाभन्दा बढी बागमती प्रदेशमा

"कोरोना संक्रमणबाट ८७६ जनाको मृत्यु भएको छ, यीमध्ये ४१५ जना बागमतीका छन्"


कोरोना संक्रमणबाट ८७६ जनाको मृत्यु भएको छ, यीमध्ये ४१५ जना बागमतीका छन्

काठमाडौं – कोरोना भाइरसबाट देशभर कुल संक्रमितमध्ये बागमतीमा झन्डै ५२ प्रतिशत छन्। बागमती प्रदेशमा संक्रमण दर तीव्र रहेकाले संख्या बढेको प्रदेशको सामाजिक विकास मन्त्रालयले जनाएको छ। 

देशभर आजसम्म एक लाख ६० हजार ४०० जनामा कोरोना संक्रमण भएको छ। यीमध्ये बागमतीमा कोरोना संक्रमितको संख्या ८२ हजार ८४० पुगेको छ।

देशभर एक लाख १८ हजार ८४३ संक्रमितको उपचार भइसकेको छ भने बागमतीमा ५७ हजार ९५५ जना कोरोनामुक्त भएका छन्।

देशभर ४० हजार ६८१ जना सक्रिय संक्रमित रहेकामा बागमतीमा यो संख्या  २४ हजार ४७० छ।

नेपालमा आजसम्म कोरोना संक्रमणबाट ८७६ जनाको मृत्यु भएको छ। यीमध्ये ४१५ जना बागमतीका छन्। आज देशभर १४ जनाको मृत्यु भएकामा बागमतीका ६ जना छन्। 

नेपालमा आज थप ५७० जनामा कोरोना भाइरस संक्रमण भएकामा बागमती प्रदेशमा प्रदेशमा २७३ जना नयाँ संक्रमित थपिएका छन्। तीमध्ये २५२ जना काठमाडौं उपत्यकाका छन्।