मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

स्वास्थ्य सेवा निर्देशक डा: गौचनलाई कोरोना संक्रमण

स्वास्थ्य सेवा निर्देशक डा: गौचनलाई कोरोना संक्रमण


अछाम ।

न्याय हेल्थ नेपाल बयालपाटा अस्पतालका स्वास्थ्य सेवा निर्देशक डाक्टर विकास गौचनलाई कोरोना संक्रमण पुष्टी भएको छ । आईतबार बिहान प्राप्त रिपोर्ट अनुसार डाक्टर गौचनलाई कोरोना संक्रमण पोजेटिभ देखिएको हो ।

अछाम जिल्लाको कमलबजार प्राथमिक स्वास्थ्य केन्द्रमा संचालित पिसिआर परिक्षणका क्रममा डाक्टर गौचनलाई संक्रमण देखिएको हो । आफुलाई कोरोना संक्रमण पुष्टी भएको उनले सुदूरआजलाई बताए ।

डाक्टर गौचनका अनुसार आफुमा सामान्य रुघाखोकी र ज्वरोको लक्ष्यण रहेको बताए । संक्रमण देखिएको थाह हुने बित्तिकै आफु सुरक्षित साथ बयालपाटा अस्पतालमा रहेको क्वाटर अन्र्तगत होम आईश्वलेसमा बसिरहेको उनले बताए ।

बिरामीको उपचारको लागि फ्रन्टलाईनमा खटिएर काम गर्दा संक्रमण आफुमा पनि भएको हुन सक्ने उनको अनुमान छ । डाक्टर गौचन सहित अस्पतालका एक अन्य महिला स्वास्थ्यकर्मी र भर्ना भएका बिरामीमा समेत कोरोना संक्रमण भएको पुष्टी भएको छ ।

कमलबजार पिसिआर प्रयोगशालाका सुचना अधिकारी टेकबहादुर बिष्टका अनुसार अछाममा आईतबार मध्यान्न १२ बजेसम्मको रिर्पोटको नतिजा अनुसार डाक्टर गौचन सहित थप १० जनामा कोरोना पुष्टी भएको हो ।

जसमा कमलबजार नगरपालिकाका एक ५९ बर्षका एक पुरुष, मंगलसेन ब्यारेकका ७ जना रहेका छन् ।