मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

हैदरावादसंग राजस्थान पारजित

हैदरावादसंग राजस्थान पारजित


काठमाडौं । आईपीएलमा सनराइजर्स हैदरावादले राजस्थान रोयल्सलाई पराजित गरेको छ । बिहीबार राति भएको खेलमा हैदरावादले राजस्थानलाई ८ विकेटलले पराजित गरेको हो । 
राजस्थानले दिएको १५५ रनको सामन्य लक्ष्य पछ्याएको हैदरावादले १८.१ ओभरमा मात्र दुई विकेट गुमाउँदै भेट्टाएको हो । 

हैदरावादको जितका लागि मनिस पाण्डेय र विजय शंकरले अर्धशतकीय पारी खेले । पाण्डेय र शंकरले १४० रनको साझेदारी गरे । पाण्डेयले ४७ बलमा चार चौका र ८ छक्का प्रहार गर्दै ८३ रनको अर्धशतकीय पारी खेलेका हुन् । 

त्यस्तै शंकरले ५२ रनको अर्धशतकीय पारी खेले । उनले ५१ बलमा ६ चौकाको मद्दतमा ५२ रनको अविजित अर्धशतकीय पारी खेले । यसअघि चार रनमा कप्तमान डेभिड वार्नर र १० रनमा जोनी बेयरस्टोलाई गुमाएको थियो । दुबै विकेट जोफ्रा आर्चरले लिएका थिए ।

यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको राजस्थानले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १५४ रन जोडेको थियो । राजस्थानका लागि सन्जु सामसनले सर्वाधिक ३६ रन जोडे । उनले २६ बल खेल्दै ३ चौका र एक छक्काको मद्दतमा ३६ रन जोडेका हुन् । त्यस्तै ओपनर ब्याट्सम्यान बेन स्टोक्सले ३२ बलमा दुई चौकाको मद्दतमा ३० रनको योगदान दिए  ।

रियान परागले १२ बलमा दुई चौका र एक छक्का सहित २० रन जोडे । रोविन उथप्पाले १९, कप्तान स्टिभ स्मिथले १९ र जोस बट्लरले ९ रन बनाए । जोफ्रा आर्चरले सात बल खेल्दै १६ रनमा अविजित रहे भने रहुल तिवेतिया २ रनमा अविजित रहेको थिए । 

बलिङतर्फ हैदराबदका जेसन होल्डरले तीन विकेटि लिए । त्यस्तै विजय शंकर र रसिद खानले एक एक विकेट लिए । 

यस जितसँगै हैदराबादले १० खेल खेल्दै चारमा जित निकालेको छ । ६ खेल गुमाएको हैदाबाद ८ अंक सहित तालिकाको पाँचौ स्थानमा उक्लिएको छ । पराजित राजस्थानको भने ११ खेलबाट चार खेलमा जित निकाल्दै ८ अंक जोडेर तालिकाको सातौं स्थानमा छ ।