मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

वलीगाउ र जुपुका कालीका मन्दिरमा दिने प’शुव’लि यसपाली रोकिने

वलीगाउ र जुपुका कालीका मन्दिरमा दिने प’शुव’लि यसपाली रोकिने


अछाम – जिल्लाको मंगलसेन नगरपालीकाका प्रमुख र अछामका सुरक्षा निकायका प्रमुख मंगलसेन नगरपालीका वडा नम्बर ९ र १० का नागरिकसँग छलफल गर्नु भएको छ । दशै चाड मनाउने बिषयमा सरकारको निती पुर्ण रुपमा पालना गर्न र गराउनका लागी सबैसँग छलफल गर्नु भएको हो ।

मंगलसेन नगरपालीका वडा नम्बर ९ र १० को कालीका भगवती मन्दिरमा दशैँमा भाकल गरेका ब्यक्तिले मन्दिरमा पशुवलि नदिने, भिडभाड् नगर्ने एँव आ आफनो घरमा पुजा आराधना गरेर निर्णय गरेका छन । वडा नम्बर ९ का अध्यक्ष झपट बहादुर रावलको अध्यक्षतामा भएको सर्बदलिय छलफल कार्यक्रममा मंगलसेन नगरपालीका प्रमुख पदम बहादुर बोहरा प्रमुख अतिथी रहनु भएको थियो ।

प्रमुख अतिथी बोहराले सरकारले गरेका निर्णय कार्यान्वयन गर्नु नागरिकको दायित्व भएको बताउनु भयो । कोरोनाभाईरसको संक्रमण तथा जोखिम बढिरहेकाले प्रत्येक नागरिकलाई यसपालीको दशैमा आफनो घरमै मनाउन आग्रह गर्नु भयो । छलफलमा बिशिष्ट अतिथी प्रमुख जिल्ला अधिकारी गोकर्ण प्रसाद उपाध्यायले यसपालीको नेपाल सरकारबाट जारी आदेशको पालना गर्नु सबै नागरिकको दायित्व भएकाले सबैलाई कार्यान्वयन गर्ने आग्रह गर्नु भयो ।

दशैमा शक्तिपीठहरूमा पशुबलिलाई रोक्न सरकारबाट नै निर्देशन भएकाले अछाम जिल्ला भरि सबैलाई आफनो घरमा दशै मनाउन आग्रह गर्नु भयो । छलफलमा अछामका प्रहरी प्रमुख डिएसपि योगेन्द्र सिह थापा, वडा नम्बर ८ का अध्यक्ष हिरण्ड बहादुर बोहरा, पुर्व जिबिस सदस्य पदम बहादुर रावल, नेपाल कम्युनिष्ट पार्टि जिल्ला कमिटी सचिवालय सदस्य भिम बहादुर रावल, नेपाली काग्रेस वडा सभापती झुलेन्द्र बहादुर रावल, वडा सदस्य लगाएत सबैको सहभागिता रहेको थियो ।

वडा नम्बर १० मा वडा अध्यक्ष नेत्र बहादुर रावलको अध्यक्षतामा भएको छलफलमा सहभागी सबैले बिश्वमा माहामारीको रुपमा फैलिरहेको कोरोनाभाईरसले निम्त्याएको समस्यालाई मध्येनजर गर्दै यसपाली आफनै घरमा दशैँ सुरक्षित तरिकाले मनाउने प्रतिबद्धता जनाएका छन ।