मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

स्कुल अफ डिमोक्रेसी अछामको जिल्ला समिति घोषणा

स्कुल अफ डिमोक्रेसी अछामको जिल्ला समिति घोषणा


अछाम – स्कुल अफ डिमोक्रेसी जिल्ला शाखा अछामको जिल्ला समिति घोषणा गरिएको छ । यस अघि केन्द्रबाट जिल्ला शाखा अछामको अध्यक्ष मनोनीत भएका पदमराज अधिकारीले जिल्ला शाखालाई पूर्णता दिएका हुन ।

अध्यक्ष अधिकारीले बिहिवार एक कार्यक्रमका बिच जिल्ला शाखा अछामको उपाध्यक्षमा बल बहादुर साउद, सचिबमा बम बहादुर स्वार गरि २९ सदस्यीय कार्य समिति रहने गरि कमिटी घोषणा गरेका हुन ।

स्कुल अफ डिमोक्रेसी अछामको जिल्ला समिती घोषणा एबम बडा दशै, दिपावली, नेपाल सम्बत तथा छठ पर्व २०७७ को शुभकामना आदान प्रदान कार्यक्रममा नेपाली काङ्ग्रेसका केन्द्रिय सद्स्य पुर्ब मन्त्री एनपी साउद प्रमुख अथिती रहेका थिए ।

स्कुल अफ डिमोक्रेसी जिल्ला शाखा अध्यक्ष पदमराज अधिकारीको अध्यक्षतामा भएको कार्यक्रमका बिशिस्ट अथिती नेपाली काङ्ग्रेसका केन्द्रिय सद्स्य पुर्ब मन्त्री मीन बिश्वकर्मा, नेपाली काङ्ग्रेसका केन्द्रिय सद्स्य तथा राष्ट्रिय सभा सद्स्य बद्री पाण्डे, नेपाली काङ्ग्रेस सुदूरपश्चिम संसदीय दलका नेता डा रण बहादुर रावल, स्कुल अफ डिमोक्रेसीका केन्द्रिय अध्यक्ष एबम नेबिसघका निबर्तमान अध्यक्ष नैन सिंह महर रहेका थिए ।

यस्तै कार्यक्रममा प्रतिनिधि सभा सदस्य राम बहादुर बिस्ट, कांग्रेस अछामका सभापति भरत कुमार स्वार, पुर्ब पार्टी सभापति पुस्प बहादुर शाह, मेघराज खड्का, पुर्ब सूचना तथा संचार राज्य मन्त्री गोविन्द बहादुर शाह, महासमिति एबम नेबिसंघ निबर्तमान सहमहामन्त्री अम्बिका चलाउने, महासमिति सद्स्य बलबहदुर कुवर लगायतले शुभकामना मन्तव्य राखेका थिए ।