मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मोटरसाइकल दुर्घटना हुँदा १ जनाको मृ’त्यु, २ घा’इते

मोटरसाइकल दुर्घटना हुँदा १ जनाको मृ’त्यु, २ घा’इते


धनगढीः कैलालीमा मोटरसाइकल दुर्घटना हुँदा १ जनाको मृ’त्यु भएको छ भने २ जना घा’इते भएको छन् ।

सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका अनुसार पूर्वपश्चिम राजमार्गको चिसापानीमा मोटरसाइकल अनियन्त्रित भएर दु’र्घट’ना हुँदा लम्कीचुहा नगरपालिका वडा नम्बर १ का रंगप्रसाद न्यौपानेको मृ’त्यु भएको हो ।

न्यौपानेले चलाएको सुपप्र ०१००८प १६२५ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर दु’र्घ’टना हुँदा घा’इते भएपछि उपचारका लागि लालरत्न अस्पताल लगिएको थियो । तर उपचारकै क्रममा उनको बीहिबार राती मृ’त्यु भएको हो ।

यस्तै मोटरसाइकलको पछाडी सवार  लम्कीचुहा नगरपालिका १ कै ३९ वर्षीय जयप्रकाश न्यौपोने र ५० वर्षी जन्मजय न्यौपाने घाइते भएका छन् ।

उनीहरुको लालरत्न अस्पतालमा उपचार भइरहेको छ । दुवै जनाको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ ।