मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बाजुराका स्थानीय तहका स्वास्थ्य संस्थालाई सुरक्षा सामाग्री सहयोग

बाजुराका स्थानीय तहका स्वास्थ्य संस्थालाई सुरक्षा सामाग्री सहयोग


बाजुरा – जिल्लाका चार स्थानीय तहका स्वास्थ्य शाखा र जिल्ला अस्पताल बाजुरालाई मंगलबार स्वास्थ्य सुरक्षा सामग्री सहयोग गरिएको हो । नोबेल कोरोना भाइरसको संक्रमणबाट बच्नका लागि उपचारमा खटिन स्वास्थ्यकर्मीका लागि विभिन्न स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको पीसविन बाजुराका प्रबन्धक जुद्ध रावलले बताए ।

जिल्ला अस्पताल सहित चार स्थानीय तहका स्वास्थ्य शाखालाई उपचारमा खटिएका स्वासथ्यकर्मीले प्रयोग गर्ने सुरक्षा सामग्री हस्तान्तरण गरेको बताईएको छ । स्वास्थ्य सामग्री Uk aid / Uniliver को आर्थिक सहयोग एक्सन एड नेपालको साझेदारीमा पीसविन नेपाल बाजुरा र एच आर सि बाजुराद्वारा जिल्लाका ९ वटै स्थानीय तह अन्तर्गतका स्वास्थ्य शाखा र जिल्ला अस्पताल बाजुराका सम्पुर्ण स्वास्थ्यकर्मीहरूलाई पुग्ने गरि पिपिइ सेट सहयोग गरिएको एचआरसी बाजुराका प्रबन्धक अग्नीराज शाहीले बताएका छन् ।

मंगलबार दिन एक औपचारिक कार्यक्रमका विच एच आर सी बाजुराका अध्यक्ष नीर बहादुर शाहिले जिल्लाका बडीमालिका नगरपालिका, त्रिवेणी नगरपालिका, बुढीगंगा नगरपालिका र गौमुल गाउँपालिकाका स्वास्थ्यकर्मीहरूलाई पुग्ने गरि २०० सेट हस्तान्तरण गरिएको छ ।

पाँच स्थानीय तहलाई यस भन्दा अगाडि नै स्वास्थ्य सामग्री वितरण गरि सकेको एचआरसी बाजुराका प्रबन्धक अग्नीराज शाहीले जानकारी दिए ।