मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कक्षा १२ को परीक्षा मङ्सिर ९ गतेदेखि (तालिका सहित)

कक्षा १२ को परीक्षा मङ्सिर ९ गतेदेखि (तालिका सहित)


काठमाण्डौ – कक्षा १२ को परीक्षा आउँदो मङ्सिर ९ गतेदेखि सञ्चालन हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले बुधबार परीक्षाको तालिका सार्वजनिक गर्दै यस्तो जानकारी दिएको हो । 

बिहान ८ बजे सुरु हुने परीक्षा मङ्सिर १६ गते सकिने कार्यतालिका रहेको छ । शनिबार पनि परीक्षा सञ्चालन हुने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । 

कोरोना सङ्क्रमण पुष्टि भइ उपचाररत परीक्षार्थीहरुलाई परीक्षामा सहभागी नहुन बोर्डले आग्रह गरेको छ ।

त्यस्ता परीक्षार्थीहरुका लागि नेपाल सरकारबाट मान्यता प्राप्त प्रयोगशालाद्वारा परीक्षण गरिएको प्रयोगशाला रिपोर्टको आधारमा पछि छुट्टै परीक्षाको व्यवस्था गरिएको बोर्डले जनाएको छ ।