मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

पशुबली एक अपवित्र,अमानविय कु’संस्कार र दानविय कु’प्र’था हो – ललित बुढा

पशुबली एक अपवित्र,अमानविय कु’संस्कार र दानविय कु’प्र’था हो – ललित बुढा


दि’राको कारोबार तथा सेवन एक निकृष्ट कार्य

पशुबली एक अ’पवित्र,अमानविय कु’सं’स्कार र दानविय कु’प्र’था साथै म’दिराको कारोबार तथा सेवन एक निकृष्ट कार्य

हामी नेपाली सनातन वैदिक हिन्दुधर्मावलम्बिहरुले सबैभन्दा बढी हर्षोल्लासका साथ मनाउने महान चाड बडा दशैंको शुभागमन भइसकेको छ । सबैहिन्दूहरूका लागि दशैं विशेष महत्वको चाड हो।

आसुरीशक्तिमाथि दैवीयशक्तिको विजयका प्रतिकका रूपमामनाइने दशैंलाई साधनाको पर्व, पूजापाठ, भक्ति र आराधनाको पर्व, सभ्यता र संस्कृतीको पर्व, आपसी मेलमिलाप, सद्भाव र खुसियाली साँटासाटको पर्व आदि नामले समेत चिनिन्छ । यो शाश्वत सत्य तथ्य हो । विश्वमा प्रचलित सबै धर्मका सबै चाडपर्वहरुले सारा संसारलाई एउटै सन्देश दिन्छन –आफ्नापूर्वकृत पापकर्महरुको प्रायश्चित, धर्मकर्मको अनुसरण तथा दया, करुणा, परोपकार, न्याय, शान्ति, सदभाव, सभ्यता, शिष्टता र सम्वृद्धिको विकास । जहाँ सच्चा धर्म हुन्छ, त्यहाँ कुनैपनि किसिमको अन्याय, अ’त्याचार, अ’शान्ति, ह’त्या-हिं’सा, अ’ना’चार, दुराचार, भ्र’ष्टा’चार, ब’ला’त्कार आदि पाप र पछौटेपनको रोग हुँदैन । तर दु’र्भा’ग्य, जब-जब चाडपर्वहरु आउँछन, तब-तब हाम्रो समाजमा पशुबली(जीवह’त्या), म’दि’राको कारोबार तथा सेवन, जुवातासको ध’न्दा आदिजस्ता महान पापकर्महरु अत्यधिक मात्रामा बढेर जान्छन् । हाम्रा चाडपर्वहरु नै यस्ता लाग्छन, की केवल मांसमदिरा खानलाई बनाइएकाजस्ता, जुवातास खेल्नलाई बनाइएकाजस्ता, जथाभावी त’डकभ’डक र मनपरी मोजमस्ती गर्नलाई बनाइएकाजस्ता । संसारका कुनैपनि धर्मले हिंसा गर भनेको छैन, यदि कसैले हिंसा गर भन्छ भने त्यो धर्म नै होइन । पशुबली भनेको कोही पाखण्डीको घोर पाखण्ड र कु’सं’स्कार बाहेक अरु केही पनि होइन ।पशुबली एक अमानविय, क्रु’र र नि’र्दयी कु’सं’स्का’र हो । देवीदेवताहरुलाई दोषी बनाएर, भगवानलाई आरोप लगाएर, शास्त्रको अपमान गरेर, धर्मको नाममा, चाडपर्वको नाममा र परम्पराको नाममा स्वेच्छाचारी ढंगले गरिने पशुबलीएक घोर अज्ञा’नता र अ’न्धविश्वा’स हो, दानविय कु’प्र’था हो, महान पाप तथा जघन्य अप’राध पनि हो । मासु खाने बहानामा निर्दोष, आफूभन्दा कमजोर र लाटासुधा प्राणीहरुमाथी निर्ममतापूर्वक हतियार चलाउनु बहादुरी होइन, कायरता हो । पशुबली धर्म विपरित र वेदशा’स्त्र विरु’द्ध एक निकृ’ष्ट कार्य हो । पशुबली गर्नु हाम्रो पवित्र हिमालय भूमी, देवभुमी नेपालको, हाम्रा पुर्वज ऋषिमुनिहरु, भगवान गौतम बुद्ध र भगवान पशुपतिनाथप्रतिकोघोर अपमान हो । यो सृष्टि सबै जीवहरुको साझा घर हो र यहाँ सबै प्राणीहरुलाई बाँच्न पाउने समान अधिकार छ, जति हामी मनुष्यहरुलाई छ । वेदशास्त्रले धर्मको मुल नै ‘अ’हिं’सा‘हो भनेर उद्घोष गरेको छ र म’दिरा’को सेवनलाई महापाप भनेको छ । के वेदशास्त्र गलत हो ?सबै धर्मग्रन्थहरुमा अ’हिं’साको महिमा गाइएको छ ।

अ’हिं’सा परमो धर्मस्तथाहिंसा परं तपः ।

अ’हिं’सा परमं सत्यं यतो धर्मः प्रवर्तते ।।   (महाभारत-अनुशासनपर्व)

अर्थात ‘अ’हिं’सा नै परम धर्म हो, अ’हिं’सा नै परम तप हो, अ’हिं’सा नै परम सत्य हो र अ’हिंसा’बाट नै धर्मको उत्पत्ति हुन्छ ।’

जैन र बौद्ध धर्मले त प्रधानरुपमा अहिंसाको सिद्धान्तलाई नै प्रतिपादन गरेका छन । यसैगरी इसाई, इस्लाम तथा पारसीधर्ममा पनि अहिंसाको प्रशंसा गरिएको छ । महात्मा ईसा भन्नुहुन्छः

‘Thou shalt not kill, and ye shall be holy man unto me neither shall ye eat any flesh that is torn of beasts in the field.’                            (J. Chriest)

  अर्थात ‘तँ कसैलाई नमार । तँ मेरो सामुन्ने पवित्र मनुष्य भएर बस । कुनैपनि प्राणीहरुको ह’त्या गरेर उसको मासु नखा ।’

बाइबलमा अर्को एक अवतरण आउँछ – ‘ए देख्नेहरु हो ! किन टुलुटुलु मात्रै हेरिरहेका छौ ? मा’री’न लागेका जनावरहरुको लागि किन केही बोल्दैनौ ?’

यसै प्रकार कुरानमा लेखिएको छ,’हरिया वृक्ष काट्नेहरु, मनुष्यहरुको बेचविखन तथा खरिद गर्नेहरु, जनावर मा’र्नेहरु तथा अर्काकी स्त्रीसँग कुकर्म गर्नेहरु सबैलाई खुदा कहिल्यैपनि माफ गर्न सक्दैनन् । खुदा उनैप्रति दया देखाउनुहुन्छ, जो उनले बनाएका जनावरहरुप्रति दया देखाउँछन ।’

सुरात-ए-हजमा पनि लेखिएको छ -‘खुदा तिमीहरुको कुर्बानीमा जनावरहरुको मासु र लहु चाहनुहुन्न । उहाँ त केवल तिमीहरुको पवित्रता चाहनुहुन्छ ।’

फिरदौसीले भन्नुभएको छ – ‘पशुहरुलाई कहिल्यै नखाउ, न त यिनीहरुको शिकार गर । यही हाम्रो मूल शाश्वत धर्म हो ।’

महर्षी पतञ्जली हिं’सालाई व्याख्या गर्दै भन्नुहुन्छ –

वितर्का हिं’सा’दयः कृ’तका’रितानुमोदिता लोभक्रोधमोहपूर्वका मृदुमध्याधिमात्रा दुःखाज्ञानान्तफला इति प्रतिपक्षभावनम् ।

अर्थात ‘हिं’सा आदि वितर्क तीन प्रकारले हुन्छ, आफैले स्वयं गरेको, अर्कोबाट गराइएको र अनुमोदन वा समर्थन गरेको … ।

यदि, पशुहत्या गर्नु, मांस-म’दि’रा खानु, जुवातास खेल्नु, अन्याय-अत्याचार गर्नु, भ्रष्टाचार गर्नु आदि धर्म हो भने पाप के हो त?के साँच्चिकै हामी धर्मकर्म अथवा पूजापाठका भोका हौं, या मासुका? एकपटक गम्भिर, स्वतन्त्र र निष्पक्ष भएर सोचौं!धर्मको मर्मलाई बुझौँ । सत्यता के हो जानौँ रमानौँ।पाप गर्न मेहनत लाग्दैन तर पापकर्महरुबाट मुक्त हुन निकै कठिन तपस्या गर्नुपर्दछ । त्यसैले ढिलो नगरौं, अन्यथा भविष्यमा पछुताउनु र छटपटाउनुबाहेक हाम्रो हातमा अरु कुनै उपाय हुने छैन । जीवन एक परीक्षा हो । हरपल हाम्रो परीक्षा चलिरहेको हुन्छ । एकदिन आफ्नो जीवनभरी  गरेका कर्महरुको परिणाम नतिजा पाप वा समर्थन गरेको ।िता लोभक्रोधमोहपूर्वका मृदुमध्याधिमात्रा दुःखाज्ञानान्तफला इति प्रतिपक्षभावनम् । हामी सबैलाई प्राप्ती हुन्छ र सोही अनुसार अर्को जीवनको टुङ्गो लाग्दछ । यो सृष्टीको अकाट्य नियम हो । पुण्य कर्मले नै हाम्रो उद्वार हुने हो, पापले त नरकको टिकट प्राप्ती हुने हो । जान-अन्जानबस पापकर्ममा लिप्त हुनु मानव जीवनको महान दु’रुपयोग हो । वैदिक सभ्यताको आचरण नै मनुष्य जीवनको महत्वपूर्ण उपलब्धि हो ।धर्म-संस्कृती समाजको  अमुल्य निधी हो, सभ्यता र सम्वृद्धिको जग हो । धर्म-संस्कृतिविना कोही पनि व्यक्ति वा समाज पूर्ण अपाङ्ग हुन्छ । यसर्थ, हाम्रो सनातन वैदिक धर्मलाई पशुबलीले क’लंकित नगरौं, हाम्रा पवित्र चाडपर्वहरुलाई रगत, मासु र म’दि’राले वि’कृ’त,दुषित र दु’र्गन्धित नबनाऔँ ।

समाजमा विद्यमान अनेक कु’प्र’था, वि’कृ’ती र विसं’गतीहरुलाई हटाउनु हामी सबैको साझा जिम्मेवारी हो ।नजानी, नबुझी अर्काको देखासिकी गरेर धर्मको नाममा, परम्पराको नाममा गलत ढंगले पूजापाठ गरी झन महापापको भागेदार हुनुभन्दा बरु केही नगरी चुपचाप बस्नु नैउत्तम हुन्छ । पशुहत्याको प्रमुख कारण नै मांसाहार हो । मांसाहारीकै कारण संसारमा दिनप्रतिदिन पशुहत्या बढिरहेको छ । हामी मानव प्राकृतिक रुपमै शुद्ध शाकाहारी प्राणी हौं । आफ्नो प्राकृतिक स्वरुप कसैले नभुलौं । मांसाहारले मांसाहारीहरुको तस्वास्थ्य राम्रो बनाउँदैन, हामी मनुष्यहरुको लागि त मांसाहार कति विष हो भन्ने कुरा आधुनिक चिकित्साशास्त्रले पनि प्रमाणित गरिसकेको छ। मांसाहारका कारण मोटोपन, बाथ, उच्च रक्तचाप,आन्द्राको क्यान्सर, हृदय र पिसाबसम्बन्धी रोगहरु, जुनोटिक रोगहरु, मिर्गी रोग, मष्तिस्कमा ट्युमर हुने आदि गम्भिर प्रकृतिका रोगहरु उत्पन्न हुनेदेखि लिएर काम, क्रोध, लोभ, अल्छिपना, अहंकार, तनाव, रिस, इर्ष्या आदि खराब भन्दा खराबतामसी गुणहरुको तिव्र वृद्धि-विकास हुने कुरा समेत स्वास्थ्य विज्ञानीहरुको अनुसन्धानलेछर्लङ्ग पारिसकेको छ । त्यसैले, शुद्ध शाकाहारी बनौं,प्राकृतिक जीवन बाँचौ,स्वस्थ बनौ र निरोगी बनौं । शाकाहारी समाजको विकासहुने बित्तिकै पशुबलीको अन्त्य आफै हुनेछ ।

अतः पशुबली,देशी-विदेशी म’दिरा’को कारोवार तथा सेवन, जु’वा’तासको धन्दा आदि पा’पकर्महरुलाई निःशर्त, किन्तु-परन्तु नभनीकन आजैबाट, अहिलेबाटै पुर्णरुपेण बन्द गर्ने हामी सबैले दृढ प्रतिज्ञा गरौं ।कुनैपनि पापकर्महरुसँग कदापी सम्झौता नगरौं ।सभ्य, शिष्ट र संयमित बनौं । सनातन वैदिक समाजको विकास गरौं । समाज शस्त्रले होइन, शास्त्रले चलाऔं । हामी सबै मनुष्यहरुमा दया, करुणा, प्रेम,अ’हिं’सा, सत्यता, र्इमान्दारिता, सहनशिलता, विनम्रता आदि  यस्तै दैवी सद्गुणहरुको निरन्तर विकास होस् । माँ दुर्गाभवानीले यही सत्प्रेरणा,आशिर्वाद र शक्ति प्रदान गरुन् । बडा दशैं र शुभ दिपावली २०७७ को दिव्य  पावन अवसरमा सम्पुर्णलाई लाखौंलाख सप्रेम भक्तिमय शुभकामना !!

ललित बुढा,सूचना प्रविधि अधिकृत,प.वि.न.पा. कार्यालय, अछाम