मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कर्णाली विवाद सुल्झाउन बसेको ओली-प्रचण्डको बैठकले निष्कर्ष दिन सकेन

कर्णाली विवाद सुल्झाउन बसेको ओली-प्रचण्डको बैठकले निष्कर्ष दिन सकेन


काठमाडौं : कर्णाली प्रदेश संसदीय दलमा देखिएको विवाद सल्ट्याउन बसेको प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको बैठकले कुनै निष्कर्ष दिन सकेन ।

प्रधानमन्त्री ओलीले शनिबार कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही, पार्टी सहइन्चार्ज यामलाल कँडेलसहित दुवै पक्षलाई अध्यक्षद्वयले निकालेको निष्कर्ष मान्नुपर्ने बताएका थिए । प्रचण्डले पनि बिहीबार र शुक्रबार दुवै पक्षलाई बोलाएर छलफल गरेका थिए । र, त्यही अनुसार दुईजना अध्यक्ष आइतबार छलफलमा जुटेका थिए ।

तर, छलफल जारी राख्ने निचोड निकाल्दै बैठक टुङ्गिएको प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटा जुगलले जानकारी दिए । “बैठकमा कुनै निष्कर्ष निस्किएन । छलफललाई निरन्तरता दिने कुरा भएको छ,” सापकोटाले भने ।
अघिल्लो आइतबार संसदीय दलका १८ जना सांसदहरूले मुख्यमन्त्री शाहीविरुद्ध अविश्वासको प्रस्ताव अघि बढाएपछि नेकपा कर्णाली प्रदेश तरङ्गित बन्न पुगेको छ ।

अध्यक्षद्वयले दुवै पक्षलाई बिहीबार छलफलका लागि काठमाडौं बोलाएपछि विवाद केन्द्रमै आइपुगेको छ । तर, पनि अध्यक्षद्वयले समाधान दिन सकेका छैनन् ।

कर्णाली प्रदेश विवाद सुल्झाउन आज मात्रै अध्यक्षद्वय ओली, प्रचण्ड छलफलमा जुटेका हुन् । यसअघि उनीहरूले एक्लाएक्लै दुवै पक्षसँग कुराकानी गरेका थिए । रासस