मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कोभिडसँग लड्ने क्षमताका लागि के खाने, कस्तो खाने ? (यस्तो छ विज्ञको सुझाव)

कोभिडसँग लड्ने क्षमताका लागि के खाने, कस्तो खाने ? (यस्तो छ विज्ञको सुझाव)


काठमाडौं । कोभिड संक्रमणबाट जोगिन दैनिक गतिविधिमा सुधार गर्दै खानपिनमा ध्यान दिनुपर्नेमा विज्ञहरुले जोड दिएका छन् । पछिल्लो समय संक्रमण बढ्दै गएको अवस्थामा रोगसँग लडने क्षमताको विकास गर्नु नै उत्तम विकल्प भएको विज्ञहरुले बताएका छन् ।

त्यसका लागि दैनिक गतिविधि र खानपिनमा नै ध्यान दिनुपर्नेमा उनीहरुले जोड दएका छन् । आयुर्वेदिक चिकित्सक डा. ऋषिराम कोइरालाले खाने कुराहरुमा विशेष ध्यान दिनुपर्ने बताए । उनका अनुसार तेलमा तारेर बनाइएको परिकारहरु कम खानुपर्नेछ ।

बजारमा पाइने चिल्लो, सुकिलो र सफा देखिने खाद्य वस्तुहरुमा बढी विशाक्त प्रयोग भएको हुन सक्ने भएकाले त्यस्ता वस्तुहरुको प्रयोग गर्दा ख्याल गर्नसमेत उनले सुझाएका छन् । त्यस्तै ब्रोइलर कुखुराको मासु धेरै नखानसमेत उनले आग्रह गरेका छन् ।

ब्रोइलर कुखुरामा धेरै एन्टीबायोटिक प्रयोग भएको र जेनेटिक मोडिफाइडसमेत भएकाले ब्रोइलर कुखुराको मासुको कम प्रयोग गर्नुपर्ने उनको भनाइ छ । त्यस्तै खसी-बोकाको मासुको उपभोग पनि कम गर्न उनले सुझाएका छन् । कोकाकोला, फेन्टालगायत पेय पदार्थ कम प्रयोग गर्न उनले आग्रह गरे । 

दिनको एक-दुईवटा कागतीको सेवन गर्ने, पुदिना, भाङ, तिललगायत वस्तुबाट बनाइएका अचार तथा चटनी खाने बानीले रोगव्याधि कम गराउने उनले बताए । त्यस्तै धेरै प्रकारका मल प्रयोग भएका सागसब्जी, तरकारीहरुको प्रयोग नगर्नसमेत उनले सुझाव दिएका छन् । 

सादा खाना खान र शरीरभित्र कुनै पनि प्रकारको भार नपर्ने गरी खान पनि उनको सुझाव छ । शुद्ध पानी धेरै पिउने, गुर्जो, उमारेको जमरा, कागतीलगायतको सेवन गर्नु उपयुक्त हुने पनि उनले बताए । त्यसबाहेक नियमित व्यायाम गर्दासमेत शरीरमा फाइदा पुग्‍ने उनको भनाइ छ । योग, खानपिन, आयुर्वेदका जडीबुटी र मनोविज्ञानका पक्षहरुमा सबैधन्दा धेरै ध्यान दिनुपर्नेमा उनले जोड दिए ।

भाइरोलोजिस्ट डा. बाबुराम मरासिनीले दसैंका बेला सहर-बजारबाट आफ्नो घरमा जाँदा विशेष सावधानी अपनाउनुपर्ने बताए । दसैंमा घर नजानभन्दा पनि घर गएपछि संक्रमणबाट जोगिन विभिन्‍न उपाय अपनाउन सकिने बताए ।

घरमा गएपछि परिवारका सदस्यसँग घुलमिल हुनुभन्दा अलग्गै बस्नुपर्नेमा उनको जोड थियो । खाना खाँदा दूरी कायम गर्ने, दसैंमा टीका लगाउँदा खुला ठाउँमा लगाउने, भिड नगर्ने हो भने रोग लाग्नबाट बच्‍न र बचाउन सकिने डा. मरासिनीको भनाइ छ ।