मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

आईपीएल : सुपर ओभर पञ्जाबको रोमाञ्चक जित

आईपीएल : सुपर ओभर पञ्जाबको रोमाञ्चक जित


काठमाडौं– इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत आइतबार राति सम्पन्न खेलमा किंग्स इलेवेन पञ्जाबले सुपर ओभरमा मुम्बई इन्डियन्सलाई हराएको छ।

वान ओभर इलिमेनेटरमा ११ रनको लक्ष्य पाएको पञ्जाबले चार बलमा १५ रन प्रहार गर्दै खेल जितेको हो। सुपर ओभरमा जवाफी ब्याटिङ गरेको पञ्जाबका क्रिस गेलले एक छक्कासहित ७ रन लगाए भने मयंक अग्रावालले दुई चौका हाने।

त्यसपहिले दुबई रंगशालामा टस जितेर ब्याटिङ राजेको मुम्बईले ६  विकेटको क्षतिमा पूरा ओभर खेल्दै १७६ रन बनायो। १७७ रनको लक्ष्यका साथ मैदान आएको पञ्जाबले सम्पूर्ण ओभर खेल्दै उति नै रन बनाएपछि खेल सुपर ओभरमा धकेलिएको हो।

पहिलो पारीमा मुम्बईका क्विन्टन डिककले ५३ रनको पारी खेलेका थिए भने पञ्जाबका मोहम्मद शामी र हर्षदिप सिंहले समान २–२ विकेट लिए।

जवाफी ब्याटिङ गरेको पञ्जाबका केएल राहुलले सर्वाधिक ७७ रन बनाएका थिए। मुम्बईका जसप्रित बुमराहले तीन राहुल चहरले दुई विकेट लिए।

जिसहित पञ्जाब ६ अंकका साथ पुछारबाट तेस्रो स्थानमा छ भने हारका बाबजुद मुम्बई अंकतालिकाको दोस्रो स्थानमा छ।

आइतबार साँझ सम्पन्न खेलमा हैदराबाले पनि सुपर ओभरमा कलकत्तालाई जित सुम्पिएको थियो। गएरातिको सुपर ओभर जारी सिजनको चौथो सुपर ओभर हो।