मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बाजुराका अभिशेक नाथ ५ महिना सामाजिक कार्यमा सक्रिय

बाजुराका अभिशेक नाथ ५ महिना सामाजिक कार्यमा सक्रिय


“बिपन्न परिवारलाई खाध्यान्न तथा स्कुलमा सुरक्षाका सामाग्री बितरण”

बाजुरा : जिल्लाका एक युवा समाजसेवी अभिशेक नाथ (लोक) यतिबेला समाजिक कार्यमा सक्रिय भएर लागेका छन् । देशमा लकडाउन भएसंगै धनगढी रहेका नाथ आफ्नो जन्मथलो बाजुरा फर्केर समाजसेवामा क्रियाशिल भईरहेका हुन् ।

बाजुराको बुढीगंगा नगरपालिका वडा नं. १० घर भएका उनले जिल्लामा निशुल्क रुपमा गरिब तथा आर्थिक अवस्था कम्जोर भएका परिवार तथा बालबालिकाहरुलाई खाध्यान्न लगायतका सामाग्री बितरण गर्दै आईरहेका छन् । खाध्यान्न बितरण अभियान नै चलाएका उनले बिगत ५६ महिना देखि नै सक्रिया भएर उनले स्कुलहरुमा समेत विभिन्न स्वास्थ्य सुरक्षा एवंम सरसफाईका सामाग्री समेत वितरण गर्दै आईरहेका छन् ।

सुदूरपश्चिम प्रतिष्ठान धनगढीका सदस्य समेत रहेका नाथले स्कुलहरुमा मास्क तथा शैक्षिक सामाग्री समेत बितरण गर्दै आईरहेका छन् । विद्यालयमा अध्ययनरत अति बिपन्न परिवारका बलबालिकालाई शैक्षिक सामग्री वितरण गरिएको सामजसेवी नाथले जानकारी दिए ।

आगामी दिनमा पनि अन्य बिद्यालयहरुमा समेत शैक्षिक तथा सुरक्षाका सामाग्री वितरण गर्ने योजना रहेको नाथले सुनाए । कोभिड १९ ले बिश्व नै आक्रान्त बनेका नेपालमा पनि त्यसको प्रत्यक्ष असर परेको र शिक्षा क्षेत्र पनि त्यसबाट अछुतो नभएकाले सकेको सहयोग गरिरहेको उनले बताए ।

राष्ट्रिय प्रजातान्त्री बिद्यार्थी संगठन कैलालीका जिल्ला अध्यक्ष समेत रहेका नाथले आफ्नो व्यक्तिगत रुपमै खर्च गरेर सहयोग गरिरहेका छन् । उनले आईतबार मात्रै बाह्रबिसमा रहेको चाईल्ड्रस ह्याभन एकेडेमीका बिद्यार्थी भाईबहिनीहरुलाई समेत मास्क सहित सुरक्षाका सामाग्री वितरण गरेका छन् । समुदाय स्तरमा कोरोनाको संक्रमण नफैलियोस भनेर विद्यार्थीलाई मास्क वितरण गरेको उनको भनाई छ ।