मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

स्वर्गीय आमाको सम्झनामा एकल महिलालाई दसैमा कपडा बितरण

स्वर्गीय आमाको सम्झनामा एकल महिलालाई दसैमा कपडा बितरण


अछाम । साँफेबगर नगरपालिका वडा नम्बर ३ सिद्धेश्वर घर भई हाल जापानमा बस्दै आउनु भएका लोेकन्द्र जंग कँुवरले एकल महिलाहरुलाई कपडा उपलब्ध गराएका छन् ।

समाजसेबी कुँवरले सिद्धेश्वरका एकल महिलाहरुलाई दसैको अवसरमा उपहार स्वररुप एक एक जोर कपडा बितरण गरेका हुन् ।

शनिबार साँफेबगरमा उनले आफ्ना दाजु दाजु रुप बहादुर कुँवर मार्फत २८ जना एकल महिलाहरुलाई कपडा बितरण गरेको जानकारी दिए ।

स्वर्गीय आमा धनशोभा देबी कुँवरको सम्झनामा आमाको साथीहरुलाई दसैमा उपहार स्वरुप कपडा उपलब्ध गराएको समाजसेबी लोकेन्द्र जंग कुँवरको भनाई छ ।

कुँवरले बिभिन्न समयमा जापानबाट बिपन्न, असहाय,अपाग,एकल महिलाहरुलाई आर्थिक सहयोग गर्दे आएका छने ।