मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बिरामीलाई माया गर्ने धौली

बिरामीलाई माया गर्ने धौली


  • दिपा भण्डारी, अछाम।

हामी अस्पताल जाँदा बिरामीको सेवाका लागि सबै स्वास्थ्यकर्मी खटेर काम गरेका देखेका नै छौँ । स्वास्थ्यकर्मीको धर्म नै बिरामीको सेवा गर्नु हो । बिरामीलाई निको पारेर घर पठाउनु नै उनिहरुको पहिलो धर्म हुन्छ । उनिहरुले आफ्नो धर्म कति निभाए उनिहरुले गर्न कर्ममा भर पर्छ र देखिन्छ ।
प्रायजसो सबै स्वास्थ्यकर्मीलाई पनि बिरामीलाई छिटो सञ्चो बनाएर घर पठाउनु नै हुन्छ ।

तर कतिपय स्वास्थ्यकर्मीको बिरामी प्रतिको व्यवहारले सबैको मन मुटु छुन्छ । बिरामीलाई उपचार संगै अन्य कुरामा पनि सघाउदाँ सबैको मन छुन्छ । अहिले यस्तै एक सामाजिक सञ्जालमा र्सावजनिक भएको फोटोले सबैको मन छोएको छ । सबैलाई फोटोले केन्द्रित गराएको छ । स्वास्थ्यकर्मी प्रतिको सम्मान उच्च बनाएको छ ।

यो घ’ट्नाकी पत्र हुन जिल्ला अस्पताल अछाममा कार्यरत अनमी धौली रावल । उनि बिरामीको उपचारमा मात्रै सहभागी हुदैँनन् स्याहार पनि गर्छन् । बिरामीका कपाल मिलाउने देखि लुगा कपडा मिलाउने लगायतका सहयोगी भावनाले काम गरिरहेकी छन् । यसैबेला मंगलसेन नगरपालिका वडा नम्बर ५ कि कोकिला ढुंगाना बिरामी भएर जिल्ला अस्पताल भर्ना भईन् । उनि भर्ना भएदेखि नै अस्पतालमा कार्यरत अनमी धौली रावलले उनको सरसफाइमा ध्यान दिने गरेकी छिन् । बिरामी कोकिलाको कपाल मिलाउँदै गरेको फोटो अहिले सामाजिक सञ्जालमा समेत जोडिएको छ । थुप्रै जनाले राम्रो काम भन्दै धन्यवाद समेत व्यक्त गरेका छन् ।

कोकिला ढुंगाना मात्र नभएर अस्पतालमा आएका हरेक विरामिलाई सधैं यसरी नै उनले राम्रो काम गर्दै आएको जिल्ला अस्पतालका अन्य स्वास्थ्यकर्मी बताउँछन् । बिरामी भएर अस्पताल पुगेका बिरामीहरु जब उनको हँसिलो अनुहार देख्छु हामीलाई सञ्चो भएको महसुस हुने बताउँछन् ।
पञ्चदेवल विनायक नगरपालिका वडा नं ६ तोलीमा जन्मेकी धौली रावल अहिले २१ वर्षकी भइन् । धन्वतरी माध्यामिक विद्यालय तोलिबाट एसएलसी पास गरेकी उनले काठमाण्डौामा अनमी गरेकी हुन् ।

आफ्नो जीवन संर्घ’ष गर्दै सुरु भएको धौलीको भनाई छ । सामान्य परिवारमा हुर्केकी धौलीको बाल्यकाल दुःखद तरिकाले सुरु भएको बताउछन् । उनका ६ जना दाजु भाई तथा दिदी बहिनी छन् । छोराछोरीको पालनपोषण र सुनौलो भविष्य खोज्न धौलीका बुवा भारत गए । घर देखि उनको पढ्ने स्कूल डेढ़ घण्टा पैदल यात्रा गर्नु पर्ने तेसैमा पनि बिहान सबेरै उठेर घरको सबै काममा सघाएर विद्यालय जानु पर्ने र फेरि फर्केर घरको बाकी काम गर्नु पर्ने समस्याको बावजूद उनले आफ्नो पढाईलाई सक्ने अठोट गरिन ।

एसएलसि पास गरिसकेपछि उच्च शिक्षा हासिल गर्न घर छोडेर बाहिर जानु पर्ने कुराले उनलाई पिरोल्यो । छिमेकीले छोरी मान्छेलाई घर बाहिर पठाउनु हुन्न भन्ने अन्धविश्वासका बाबजुत पनि उनी पढ्न गईन । बिकास तथा आनुशन्धान सस्थान बबरमहल स्थित काठमाडौं कलेजमा अनमी पढ्न सुरु गरिन् । आफ्ना बुवा आमाले आफू प्रति देखेका सपना पुरा गर्ने उद्देश्य बोकेर उच्च शिक्षा हासिल गर्न गएकी उनले अहिले बिरामी त छदै छन आफ्ना छिमेकीको उदारणिय पात्र बन्न पुगेकी छन् उनी भन्छन् अहिले म आफैलाई गर्व गर्छु । धौलीले २०७४ साल असारमा अनमी पास गरेर जिल्ला अस्पताल अछाममा लगभग ५ महिना स्वयम् सेवकको रूपमा काम गरिन् । उनको काम प्रतिको लगनशीलता, इमान्दारिता, मेहनत र बिरामी प्रतिको व्यावहार देखेर २०७४ साल मंसिरबाट जिल्ला अस्पताल अछाममा अनमी पदमा नियुक्ति पाइन् ।

आफ्नो लगनशिलता र बिरामी प्रतिको माया, प्रेरणा, हौसला, परामर्श जस्ता व्यवहारले गर्दा नै यो सब थोक भएकोमा उनी खुसी व्यक्त गर्छिन् । अधिकांस बिरामीहरु जब अनमी धौली लाई देख्छन् आफूलाई चाडो सञ्चो हुने बताउँछन् । उनलाई अस्पतालमा काम गर्न थालेको तीन वर्ष भयो । यो अवधिमा उनले थुप्रै बिरामीको मन जितेकी छन् । बिरामी हरुलाई माया, प्रेरणा, हौसला सँगै बिरामी हरुको सरसफाइमा पनि उतिकै ध्यान दिन्छन् धौली । कुनै पनि काम गर्न भने जस्तो सजिलो त छैन, दुःख, पिडा त भोग्नु नै पर्छ तर पनि यो पेशा झनै अप्ठ्यारो सुरुसुरुमा काम कसरी गर्ने, के गर्दा राम्रो हुन्छ त्यसैमा बिरामीलाई रात दिन, भोक, निन्द्रा, नभनी स्याहार गर्दा गर्दै पनि सबैको मन जित्न नसकिने उनले बताइन् । जब आफूले सब थोक (भोक, निन्द्रा ,प्यास, थकाई ) केही नभनी बिरामीको स्याहार गर्दा गर्दै कतिपय बिरामी अनावश्यक रूपमा चित दुख्ने गरी गाली गर्दा पनि उनि बिचलित भईनन् । उनले यसलार्य पनि अवसरको रूपमा लिँदै आएको बताइन् ।

दशैं तिहार चाड पर्वमा प्रदेशमा गएका दाजु भाइ समेत घर आउँछन् तर आफू बिरामीको स्याहार गर्न रात दिन कुर्नु पर्ने हुन्छ उनीहरुलाई स्याहार गर्न पाउनु नै प्रेरणाको स्रोत धौलीको बुझाई छ । अस्पताल आएका बिरामीलाई माया, ममता हौसला, स्याहार, परामर्श, उनीहरूको सरसफाइ गरेर नै बिरामीको मन जितेकोमा उनी थप खुसी व्यक्त गर्छिन् । बिरामीलाई निको नहुन्जेल आफू काममा ध्यान दिएर अहोरात्र खटेर काम गरिरहेको उनले बताइन् । कुनै पनि काम गर्न भने जस्तो सजिलो छैन, स्वास्थ्य पेशा झन सम्बेदनशिल छ, कतिपय अवस्था बिरामीहरू एक्लै अस्पताल आउँछन्, आफन्त कोही हुदैनन् त्यस्ता बिरामीलाई त म झन् बढी माया गर्छु धौली भन्छन् उनिहरुमो उपचार संगै अन्य सरसफाईमा समेत ख्याल राख्छु । उनिहरुको लुगा मिलाइदिने, कपाल मिलाइदिने, तथा उनिहरु प्रति गरेको स्याहारका कारण आफुले माया पाएको धौली खुशी व्यक्त गर्छन ।

आफ्नो हासीहासी सेवा दिने बानी तथा उनीहरुलाई हौसला दिने, माया गर्ने गर्दा बिरामीहरुले आफूलाई सञ्चो भएको महसुस गरेको उनले बताइन् । आफ्नो काम, व्यावहार, इमान्दारिता देखेर सबैको मन जितेकी धौली अहिले अरु सबैबाट आफूले माया, हौसला, साथ, सहयोग समेत पाइरहेकोमा खुशी व्यक्त गर्छिन् । बिरामीका पिडा बुझ्न सक्नु र स्याहार गर्नु आफ्नो धर्म भएको उनको बुझाई छ । आउने दिनमापढाईको निरन्तरता सँगसँगै अझ बढी मेहनतका साथ आफ्नो कामलाई निरन्तरता दिने धौलीको योजना छ ।

लेखक दिपा रेडियो रामारोशनमा कार्यरत छन् ।