मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

पत्रकार बीसीको जीवन डायलाईसिसको भरमा, ढकारीका कर्मचारीले गरे डेढलाख बढी सहयोग

पत्रकार बीसीको जीवन डायलाईसिसको भरमा, ढकारीका कर्मचारीले गरे डेढलाख बढी सहयोग


अछाम – उर्जाशिल, शसक्त तथा क्रियाशिल पत्रकार ध्रुव बीसीको जीवन रक्षाका लागी जिल्लाको ढकारी गाँउपालिकामा कार्यरत कर्मचारीहरुले आर्थिक सहयोग जुटाएका छन् ।

गाँउपालिकामा कार्यरत कर्मचारीहरु मिलेर पत्रकार बीसीको उपचारको लागि डेढ लाख बढी सहयोग रकम जुटाएका हुन् ।

दुबै मृगौला फेर भएर काठमाण्डौँमा उपचारार्थ रहेका पत्रकार बीसीको उपचारमा सहयोग मिलोस भनेर एक लाख ५२ हजार १ सय ५६ रुपयाँ संकलन गरेर बीसीको खातामा जम्मा गरिएको गाँउपालिकाका कर्मचारी कृष्ण प्रसाद देवकोटाले बताए ।

दुबै मृगौला फेर भएर काठमाण्डौँमा उपचारार्थ रहेका बीसी हाल डायलाइसिसको जीवन जिईरहेका छन् ।

पत्रकारीता क्षेत्रमा क्रियाशिल रहेका बीसीले गाँउ समाजका विभिन्न समस्यामा कलम चलाउदैँ परिर्वतन र विकासका पक्षमा वकालत गर्दै आएको भन्दै उनको जीवन रक्षाका लागि सहयोग गरिएको कर्मचारी देवकोटाले बताए ।

साथै उनले पत्रकार बीसीको उपचारमा आवश्यक सहयोग गर्न सबैलाई अपिल समेत गरेका छन् ।

पत्रकार बिसी बिगत ५ महिना देखि काठमाण्डौँमा उपचारार्थ रहेका छन् । उनको हाल सम्म ६ लाख बढी पैसा खर्च भईसकेको छ ।