मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अछाममा थप ५ जनामा कोरोना पुष्टी

अछाममा थप ५ जनामा कोरोना पुष्टी


अछाम : जिल्लामा थप ५ जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।

जिल्लाको कमलवजार नगरपालिकाकोे प्रयोगशालामा पछिल्लो २४ घण्टामा १ सय ७ जनाको परिक्षण गरिएकोमा ५ जना पुरुषमा संक्रमण पुष्टी भएको कमलवजार कोभिड १९ परिक्षण प्रयोगशालाका सुचना अधिकारी टेक बहादुर बिष्टले जानकारी दिए ।

उनका अनुसार मंगलसैन ब्यारेकका क्रमश: ३६,३५,३२,२८ बर्षीय ४ जना पुरुष र रामारोशन गाउँपालिकाका २९ बर्षीय १ पुरुषमा कोरोना भाइरस पुष्टी भएको छ ।

पछिल्लो २४ घण्टामा कमलवजार नगरपालिकाका २२ जना,आठविस नगरपालिका दैलेखका ३२,मंगलसैन ब्यारेकका ९, रामारोशन गाउँपालिकाका १० र बान्निगढी जयगढ गाउँपालिकाका ३४ जनाको स्वाव परिक्षण गएिको स’चना अधिकारी टेक बहादुर बिष्टले जानकारी दिए ।