मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

गर्भवतीको पेटमा शिशुको मृ’त्यु भएपछि कोल्टीबाट मार्तडी रिफर

गर्भवतीको पेटमा शिशुको मृ’त्यु भएपछि कोल्टीबाट मार्तडी रिफर


बाजुरा – जिल्लाको पुर्वी उत्तरी क्षेत्रको बुढिनन्दा नगरपालिका वडा न ३ डाँडाबाडाकी जयकला बोहराको पेटमा भएको शिशुको मृत्युु भएपछी उनलाई रेफर गरिएको छ।

कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार हुन् नसक्दा उनलाई सदरमुकाम मार्तडी रेफर गरिएको हो। ८ दिन देखि पेटमा रहेको बच्चा खेल्न छोेड्दा पनि  गर्भवती महिलाले वास्ता नगरेको र कोल्टी प्राथमिक स्वास्थ्य केन्द्र आएर भिडियो एक्सरा गर्दा पेटमा रहेको बच्चाको मृत्युु भएको थाहा भएपछि उनलाई रेफर गरिएको हो।

पेटमा मरेको बच्चा कोल्टी प्राथमिक केन्द्र कोल्टीमा  निकाल्न नसकिने भएपछि कोल्टी प्राथमिक केन्द्रमा कोल्टीले जिल्ला अस्पताल बाजुरामा रिफर गरिएको कोल्टी प्राथमिक केन्द्र कोल्टीका प्रमुख डाक्टर राजुराज जैशीले बताए ।

गर्भवतीको पेटमा रहेको बच्चाको मृत्यु भएकोले गर्दा कोल्टीमा मृत्युभएको बच्चालाई गर्भपतन गराउन नसकिने भएकोले जिल्ला अस्पताल बाजुरामा रिफर गरि पठाईएको डाक्टर जैशीले बताए।