मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अन्तर्राष्टिय बालिका दिवस – रेडियो पञ्चदेवलद्धारा विषेश सम्वाद कार्यक्रम सम्पन्न

अन्तर्राष्टिय बालिका दिवस – रेडियो पञ्चदेवलद्धारा विषेश सम्वाद कार्यक्रम सम्पन्न


किशोरीका सवालमा नगरपालिकाले विषेश अभियान सञ्चालन गर्नेछ -उप प्रमुख चलाउने

अछाम : अन्तर्राष्टिय बालिका दिवसको अवसरमा रेडियो पञ्चदेवलले विषेश सम्वाद कार्यक्रम गरि मनाएको छ ।

संयुक्त राष्ट्रसंघीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक संगठन (युनेस्को)को सहयोगमा सामुदायि रेडियो प्रशारक संघ अकोराब नेपाल, सीआईएनको सहकार्यमा भएको बहसमुलक कार्यक्रम देशभरीका विभिन्न सामुदायिक रेडियोले गरिरहँदा रेडियो पञ्चदेवल ८८.६ मेघाहर्ज ले पनि दिवस मनाएको हो ।

विद्यालय जाने उमेरका बालिका र निरन्तर सिकाइमाथि कोभिड–१९ कोरोना भाइरस संक्रमणले पारेका असरका विषयमा विषेशगरि स्थानिय सरकारले गरेका प्रतिबद्धता तथा किशोरीले भोगीरहेका समस्याका विषयमा छलफल कार्यक्रम गरिएको हो ।

पञ्चदेवल विनायक नगरपालिकामा शैक्षिक गतिविधी आँक्षिक रुपमा सञ्चालन भएपनी किशोरी सहभागीताको संख्या न्युन रहेको रेडियो संवाद कार्यक्रमका अतिथि भावना अधिकारीले बताइन ।

नगरपालिकामा सिकाइका अन्य माध्याम जस्तै ग्राामिण भेगमा रेडियोको माध्यामबाट पढाई सञ्चालन भएपनि त्यती प्रभावकारी नभएको र बढि बालिकाहरु पढाइबाट बन्चित हुन परेको किशोरी भावना अधिकारीको भनाई छ ।

उनका अनुसार लामो समय सिकाईमा नजोडिदा विद्यालय छोड्नुपर्ने, समय अगावै गर्भवती हुनुपर्ने,लगायतका चुनौती कोभिड १९ ले थपेको छ । यता पञ्चदेवल विनायक नगरपालिकाका उप प्रमुख अम्विका चलाउनेले लामो समयको बन्दाबन्दीले प्रभावित शैक्षिक गतिविधी नगरमा नियमित सञ्चालन भएको बताउनु भयो ।

विद्यालयमा भौतिक दुरी कायम गरि,अनिवार्य मास्क प्रयोग लगायत अन्य सावधानीका साथ पठनपाठन सुरु भएको उहाँले जानकारी दिनु भयो ।

विद्यालय बन्द भएको अवस्थामा नगरका बालिकाहरूले अन्य माध्यममार्फत् सिकाइलाई निरन्तरता दिएको र उल्लेख गर्नु भयो । बालिकाका हकहितका सन्दर्भमा नगरपालिकाले प्रभावकारी नियम बनाएको र उनिहरु आफ्ना समस्यामा खुलेर प्रस्तुत हन नसक्नुले नियम कार्यान्वयन नभएको जस्तो देखिएको उहाँको भनाई छ ।

नगरपालिकामा वालवालिकाका हक हितका लागी नगर बाल सञ्जाल समिती पनि गठन भएको र उक्त समितीले त्यस्ता समस्यामा परेका बालवालिकाहरुका समस्या समाधान गर्ने काम गरिरहेको बताउनु भयो ।

नगर उप प्रमुख चलाउनेका अनुसार आगामी दिनमा बालवालिका बिशेष गरि किशोरी उमेर समुहका बालिकाहरुका लागी थप अभियान सञ्चालनमा नगरपालिका प्रतिबद्ध रहेको छ ।

अन्तर्राष्टिय बालिका दिवसको अवसरमा रेडियो विषेश सम्वाद कार्यक्रमको सञ्चालन सिर्जना अधिकारीले गरेकी हुन