मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

प्रहरी इञ्चार्ज विष्टको एक महिनामै विनायकबाट सरुवा

प्रहरी इञ्चार्ज विष्टको एक महिनामै विनायकबाट सरुवा


अछाम : विनायक प्रहरीका इञ्चार्जको आज विदाई भएको छ । इलाका प्रहरी कार्यालय विनायकका प्रहरी नायव निरिक्षक लाल सिंह बिष्टको आज बिदाई गरिएको हो ।

पछिल्लो समय पञ्चदेवल विनायक नगरपालिकामा मदिरा नियन्त्रणमा सक्रिय भुमिका निर्वाह गर्ने गर्ने निरिक्षक बिष्टको एक महिनामै बिदाई भएको छ ।

विदाई हुँदै इन्चार्ज बिष्टले आफु जुन ठाउँ गए पनि शान्ती सुरक्षाका लागी जहिल्यै अहोरात्र खटिने बताउनु भयो । सरुवा भएर ढकारी जान लागेका विष्टले पञ्चदेवलको एक महिने बसाई आफ्ना लागी निकै महत्वपुण रहेको उल्लेख गरे ।

बिदाई कार्यक्रममा बोल्दै पञ्चदेवल विनायक नगरपालिकाका उप प्रमुख अम्विका चलाउनेले नयाँ आउनु भएका प्रहरी इञ्चार्जलाई हार्दिक स्वागत तथा सरुवा भएर जान लागेका सइलाई सुभकामना दिनु भएको छ ।

एक महिनाको छोटो अवधीमा जनमनमा परिचित नभएपनि मदिरा नियन्त्रणमा इञ्चार्ज बिष्टले लिएको अडान प्रसंसनिय रहेको बताउनु भयो ।

त्यस्तै नया आउनु भएका प्रहरी इन्चार्जलाई नगरपालिकामा स्वागत गर्दै आगामी दिनमा शान्ती सुरक्षाका लागी प्रहरीले अग्रणी भुमिका खेल्नु पर्ने उल्लेख गर्नु भयो ।