मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सत्याग्रही डा. केसीको समर्थन बाजुरा जिल्लाको पुर्वी उत्तरी क्षेत्रका विद्यार्थी आन्दोलनमा

सत्याग्रही डा. केसीको समर्थन बाजुरा जिल्लाको पुर्वी उत्तरी क्षेत्रका विद्यार्थी आन्दोलनमा


बाजुरा – डाक्टर गोबिन्द केसीको समर्थन बाजुरा जिल्लाको पुर्वी उत्तरी क्षत्रको कोल्टीमा शुक्रबार विद्यार्थी आन्दोलनमा उत्रिएका छन्। शिवपार्कमा कोण सभा गर्दै डाक्टर केसीका माग र जीवनको रक्षा गर्न दवाव स्वरुप आन्दोलन गरेको नेविसंघका नेता दिनेश शाहीले बताए ।

बुढीनन्दा नगरपालिकाको कोल्टी बजारमा रहेको शिवपार्कमा मौन बसेर विरोध स्वरुप आन्दोलन गरिएको विद्यार्थी नेता शाहीले बताएका छन । चिकित्सा शिक्षा सुधारको माग गर्दै आमरण अनशनमा बसेका डाक्टर गोविन्द केसीको सर्मथनमा शान्त रुपमा आन्दोलन गरेको नेता शाहीले बताए ।

अनसनरत डाक्टर केसीको जीवन रक्षाको माग गर्दै बाजुराली बिद्यार्थीहरु आन्दोलित भएका हुन् । जायज माग पूरा गर, प्राध्यापक डाक्टर केसीको जीवन रक्षा गर लगायतका नारा लेखिएको प्ले कार्ड सहित शिबपार्कमा आन्दोलन जनाएको विद्यार्थी नेता आशिष गिरीले बताए ।

डाक्टर केसीले राखेको जायज माग पूरा गर्न सरकारलाई दबाब दिने उदेश्यले आन्दोलन गरिएको बिद्यार्थी नेता शाहीको भनाई रहेको छ । शुक्रबार दिउँसो ११ : ५१ बजेदेखि १२ : १७ बजेसम्म धर्नामा बसी आन्दोलन गरिएको थियो ।

निमुखा जनताको लागि अनसनमा बस्दा पनि सरकारले बेवास्ता गर्नु दुःखद भएको बिद्यार्थी नेता शाहीले सोही शिबपार्कमा गरिएको कोणसभामा बताए । डाक्टर गोविन्द केसी जस्तो मानिस मुलुकमा विरलै जन्मन्छन्, जो आफ्नो स्वार्थभन्दा माथि रहेर काम गर्छन्,’ उनले भने, ‘डाक्टर केसी आफ्नो लागि केही गरिरहनुभएको छैन, निमुखा जनताका लागि अनसनरत हुनुहुन्छ ।

तर सरकार गम्भीर नभएको शाहीले कोणसभामा बताए। बिद्यार्थी नेता दिनेश शाहीको संयोजनमा भएको सो आन्दोलनमा बिभिन्न बिद्यार्थी युवा सहभागीता जनाएका थिए ।