मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सडक सञ्चालन भएसंगै भाडादर पनि तोकियो

सडक सञ्चालन भएसंगै भाडादर पनि तोकियो


बाजुरा – जिल्लामा लगातारको अविरलको वर्षासंगै अवरुद्ध भएका राजमार्ग सडक र ग्रामिण सडक सञ्चालन आएसंगै भाडादर तोकिएको छ । अवरुद्ध भएको करिव तीन चार महिनापछि संचालनमा आएको साँफे–मार्तडी सडक मार्तडी–कोल्टी सडक र मार्तडी–घटमुना लगायतका ग्रामिण सडक सञ्चालनमा आएपछि भाडारदर तोकिएको बताइएको छ ।

बाजुरा जिल्लाका बिभिन्न सडक सञ्चालनमा आएसंगै जिल्लाका बिभिन्न ठाउँको भाडादर तोकिएको हो । असारको पहिलो साताबाट अबरोध भएको साफेँ-मार्तडी सडक खण्ड  र मार्तडी-कोल्टी लगायतका सडक सञ्चालनमा आएसंगै भाडादरपनि तोकिएको छ ।

साफेँ–मार्तडी राजमार्गमा तीन सय भाडादर तोकिएको छ । पुर्वी उत्तरी क्षेत्रमा पर्ने मार्तडी–कोल्टी सडकको भाडादर आठ सय तोकिएको  छ । राजमार्गमा ५७ किलोमिटर पक्की सडक बनेको छ । भने यता मार्तडी–कोल्टी सडक ४१ किलोमिटर रहेको छ । 

उक्त सडक कच्ची सडक रहेको छ ।मार्तडीदेखि जडांगासम्मको ६० रुपैया रहेको जिल्ला प्रशासन कार्यालय बाजुराले मौखिक निणर्य गरेको जनाएको छ । त्यसै गरी जडाङगाबाट साफेँ २ सय ५०, मार्तडी साफेँ ३ सय बल्दे आटिचौर २ सय बल्दे डोगडी ४ सय डोगटी चौखुट्टे ५० कोल्टी पिलुचौर १ सय रुपैँया तोकिएको छ ।

सवारी साधनको डिजेल र पेट्रोल तेलको पनि मुल्य निर्धारण  कायम गरिएको डिजेलको एक सय १० रुपैया प्रतिलिटर कायम गरेको जिल्ला प्रशासन कार्यालय बाजुरालेमौखिक रुपमा भाडादर तोकेको र प्रति यातायात व्यवसायीहले विरोध जनाएका छन् ।

लडडाउन र सडक अवरुद्ध भएकाले सवारी साधन जीप नचल्दा गाडीको किस्ता तिर्न समेत गाह्रो भएकाले एकाएक भाडादार घटाएको प्रति यातायात व्यवसायीले आपत्ती जनाएका छन । सडक खुलेको भएपनि जोखिम मोलेर सवारी साधन सञ्चालन गर्नु पर्ने यातायात व्यवसायीले भनेका छन् ।