मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

प्रदेश ५ काे नाम अब ‘लुम्बिनी प्रदेश’

प्रदेश ५ काे नाम अब ‘लुम्बिनी प्रदेश’


रुपन्देही – प्रदेश नम्बर ५ काे नाम लुम्बिनी राख्ने प्रस्ताव प्रदेश सभाबाट दुई तिहाइले पारित भएकाे छ ।

मङ्गलबार प्रदेश सभामा भएकाे मतदानमा प्रदेशकाे नाम लुम्बिनी राख्ने भन्ने पक्षमा ७९ मत र विपक्षमा चार मत खसेकाे हाे ।

मतदानमा ८३ जनाकाे उपस्थिति रहेकाे थियाे । 

यसअघि प्रदेशकाे राजधानी भालुवाङ बनाउने प्रस्ताव पनि दुई तिहाइले पारित भएकाे हाे । 

प्रदेश सभामा मङ्गलबार भएको मतदानमा प्रस्तावको पक्षमा ६९ मत र प्रस्तावको विपक्षमा १३ मत परेको छ ।