मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कम्युनिस्ट पार्टीको सदस्यलाई नागरिकता नदिने अमेरिकी नीति लोकतन्त्र विरोधी : श्रेष्ठ

कम्युनिस्ट पार्टीको सदस्यलाई नागरिकता नदिने अमेरिकी नीति लोकतन्त्र विरोधी : श्रेष्ठ


काठमाडौं– नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले अमेरिकी सरकारको कम्युनिस्ट पार्टीको सदस्यता लिनेलाई नागरिकता नदिने नीतिले लोकतन्त्रको खिल्ली उडाएको बताएका छन्।

‘अमेरिकाले हालै देशभित्र वा विदेशको कुनै कम्युनिष्ट पार्टीको सदस्यता लिएको आप्रवासीलाई नागरिकता वा स्थायी आवासीय प्रमाणपत्र नदिने नीतिको खुला घोषणा गरेको छ,’ उनले ट्विटरमा लेखेका छन्, ‘यसले स्वेच्छाले कुनै पार्टीको सदस्य बन्न पाउने अधिकार र लोकतन्त्रको खिल्ली उडाएको छ। यही हो नमुना पुँजीवादी लोकतन्त्र।’ 

आप्रवासीलाई दिइने नागरिकताको नीति संशोधन गर्दै अमेरिकाले कम्युनिस्ट पार्टीका सदस्यलाई ग्रिनकार्ड सुविधा नदिने घोषणा गरेको थियो।

अमेरिकाको यूएस सिटिजन्ससिप एन्ड इमिग्रेसन सर्भिसेसले गत शुक्रबार यस्तो नीति ल्याएको हो।