मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

पञ्चदेवल सरकारको जिर्ण भवन – सेवा प्रवाहमा हरिबिजोग

पञ्चदेवल सरकारको जिर्ण भवन – सेवा प्रवाहमा हरिबिजोग


आफ्नै भवन नहुँदा सेवाग्राही र कर्मचारीको सास्ती

अछाम : जिल्लाको पुरानो तत्कालिन विनायक गाविस हुँदा सबै सरकारी सेवा प्रवाह गर्ने भवन हाल पञ्चदेवल विनायक नगरपालिकाले प्रयोगमा ल्याएको छ ।

स्थानीय तहमा जनप्रतिनिधि आएको ३ वर्ष बित्दा पनि आफ्ना भवन नहुँदा पञ्चदेवल विनायक नगरपालिकाको सेवा प्रवाहमा समस्या भइरहेको छ ।

पुराना गाविस भवन, साबिक गाविसका वडाका पुराना कार्यालय र भाडाको घरमा नगरपालिकाका कर्मचारी सेवा दिन बाध्य भएका छन  ।

अच्चमको कुरा त केछ भने प्रशासन साखा ,राजश्व साखा ,कृषी विकास शाखा, महिला तथा बालबालिका साखा,पशु सेवा शाखा, बहुक्षेत्रीय पोषण योजना साखा पञ्चदेवल विनायक नगरपालिकाले एउटा साँघुरो कोठा भित्रै सिमित राखेको छ ।

यसरी ६ वटा साखाको सेवा प्रवाह एउटा सानो कोठाबाटै भइरहँदा सेवाग्राहीले चरम सास्ती खेप्नु परेको छ । धेरै वडाको कार्य एउटै भवनबाट गर्नुपर्दा सेवाग्राहीको अलमलिने गरेको गुनासो छ । विना भवन तथा भाडामा सञ्चालन भएका कार्यालयहरू निकै पुराना, साँघुरा र जीर्ण छन ।

कतिपय सेवाग्राहीलाई अलमल पार्ने नगरको सेवा प्रवाहले कर्मचारी पनि हरिबिजोग हुनु परेको गुनासो सुनाउँछन ।

रोजगार साखा र सुचना प्रविधी साखाको एउटै कोठाबाट सेवा दिइरहेका नगरपालिकाका सुचना प्रविधी अधिकृत ललित बुढाले सेवा ग्राही भन्दा बढी सेवा प्रवाहमा खटिएका कर्मचारीले सास्ती खेप्नु परेको बताए ।

बढ्दो सुचना प्रविधीले खुम्चिएको विश्वको ज्ञान तथा प्रविधी यसरी साँघुरो कोठाबाट सेवा ग्राहीको प्रवाहमा चुनौती हुने उनको भनाई छ ।

यता डिभिजन वन कार्यालय विनायकलाई नगरपालिकाले भाडा तिरेको को भवनमा बसेका नगर प्रमुख देवराज देवकोटाले अव छिट्टै नगरपालिकाको आफ्नै भवन बन्ने दाबी गरेका छन ।

केहि दिन अघि मात्रै नगरपालिकाले आफ्नै भवन बनाउन नसकेको प्रती आम नगरवासीले आन्दोलन गरेको अवगत गराउँदै मेयर देवकोटाले वन कार्यालयलाई नगरपालिकाको भवन बनाउने विश्वास दिलाए ।

जिल्लाका १० स्थानीय तहमध्ये कतिपय स्थानीय तहले भाडाका भवनबाट सेवा प्रदान गरिरहेका छन् । यसरी जिल्लाका अधिकाँस स्थानिय तहहरु भाडामा हुँदा विकासे बजेटमा समेत लाखाँै खर्च हुने गरेको छ ।

भाडाका भवन सोचेअनुसारका नपाइने हुनाले सेवा प्रवाहमा कुनै न कुनै रूपमा समस्या भइरहने अन्य स्थानिय तहबाट गुनासो सुनिन्छ ।