मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

पञ्चदेवल सरकारको आन्तरिक रस्सा कस्सी – फोहोर ब्यावस्थापन समेत गर्न सकेन (कुराकानी)

पञ्चदेवल सरकारको आन्तरिक रस्सा कस्सी – फोहोर ब्यावस्थापन समेत गर्न सकेन (कुराकानी)


आन्तरिक रस्सा कस्सीले पञ्चदेवलका युवा लक्षित कार्यक्रम ओझेलमा

अछाम – समाज परिवर्तनमा युवा सहभागिताको मुल नारा बोकेको आपतकालिन प्रतिकार्य केन्द्रले विनायक बजार सररफाइ गरेको छ । पञ्चदेवल विनायक नगरपालिकाको मुख्य ब्यापारी केन्द्र विनायक बजारका मुख्य धार्मीक स्थलमा जताततै फोहोर देखिन थालेपछि आज विहानै युवाहरुको समुह बजार सरसफाईमा जुटेको हो ।

देशका बिभिन्न ठाउँमा सामाजिक रुपान्त्रणका लागी काम गर्दै आएको आपतकालिन प्रतिकार्य केन्द्रले पञ्चदेवल विनायक नगरपालिकामा पनि संगठन विस्तार गरेको छ ।

शुसिल बटालाको संयोजकत्वमा गठित उक्त केन्द्रले सामाजिक रुपान्त्रणका लागी बिभिन्न रचनात्मक कार्य गर्ने बताएको छ । आपतकालिन प्रतिकार्य केन्दका मनोसामाजिक संयोजक अक्कल धामी, राहत संयोजक भिम धामी लगायत उक्त केन्द्रका स्वयमसेवक, ब्यापारी,बुद्धि जिवीहरुको सहयोगमा सरसफाई गरिएको हो ।

भर्खरै युवा लक्षित गरि संगठित भएको आपतकालिन प्रतिकार्य केन्द्रले बिभिन्न रचनात्मक कार्य प्रति जोड दिने संयोजक शुसिल बटालाले बताए । उनका अनुसार फोहोर ब्यावस्थापन नभई दुर्घन्दित बनेको मुख्य ब्यापारी केन्द्र विनायक बजार प्रती स्थानिय निकायले चाँसो नदिएको पाइएको छ ।

उच्च स्थानमा बसी मुख्य जिम्मेवारी पाएकाहरुनै फोहोर ब्यावस्थापनबाट पन्छिन खोजेपछि युवाहरुले अभियानको थालनी गरेको उनले जानकारी दिए । कुराकानी :शुसिल बटाला


विभिन्न चाँर्ड पर्व नजिकिदै गर्दा यत्र तत्र फोहोर देखिने विनायक बजारका लागी यस आर्थीक बर्ष फोहोर ब्यावस्थापन गर्न पञ्चदेवल विनायक नगरपालिकाले भने कुनै योजनानै बनाएको छैन ।

नगरका प्रमुख प्रशासकिय अधिकृत पदम बहादुर माझीले भने युवाहरुको रचनात्मक कार्यलाई लिएर धन्यवाद ब्यक्त गरेका छन । संक्षिप्त कुराकानी गर्दै प्रशासक माझीले नगरकार्यपालिकाको बैठकनै नबसकेकाले बजारको फोहोर ब्यावस्थापन नगरिएको बताए ।

सामाजिक रुपान्त्रणमा हुम्मिन खोजेका युवाहरुको सकारात्मक कार्य प्रति खुसी ब्यक्त गर्दै उनले आगामी दिनमा विभिन्न प्रोत्साहनका लागी युवा लक्षितका कार्यक्रम सन्चालनका लागीनगरपालिकाले जोड दिने धारणा राखे । यसै बिच हामीले मुख्य ब्यापारी केन्द्र विनायक बजारमा यत्रतत्र देखिने फोहोर ब्यावस्थापनका बिषयमा नगरपालिकाका प्रशासकिय अधिकृत पदम बहादुर माझी संग कुराकानी गरेका छौ ।

सुनौ यो कुराकानी :पदम बहादुर माझी