मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

पञ्चदेवल नगरपालिकामा ब्यावसाय दर्ता गर्नेहरुको संख्या बढ्यो

पञ्चदेवल नगरपालिकामा ब्यावसाय दर्ता गर्नेहरुको संख्या बढ्यो


पञ्चदेवल विनायक नगरपालिकाद्धारा बजार अनुगमनमा तिब्रता

अछाम : जिल्लाको पञ्चदेवल विनायक नगरपालिकाले बजार अनुगमनलाई तिब्रता दिए संगै नगरपालिकामा ब्यावसाय दर्ता तथा नविकरण गर्नेहरुको संख्या बढेको छ ।

स्थानिय सरकारको मापदण्ड बिपरित ब्यावसाय सन्चालन गरिरहेका हरुलाई नगरपालिकाले कार्वाही सुरु गरे संगै यती खेर नगरपालिकामा ब्यापारीहरुको घुइचो लाग्न थालेको छ ।

वडा नम्वर ७ पुल्लेतोलाको बजार बाहेक नगरका ८ वटा बजार अनुगमन गर्दा कानुन विपरित ब्यावसायी सन्चालन गरिरहेकाहरु अहिले धमाधम नगरपालिका आउन थालेको प्रमुख प्रशासकिय अधिकृत पदम बहादुर माझीले बताए ।

पञ्चदेवल विनायक नगरपालिकाले नगरका सम्पुर्ण ग्रामिण बजारहरुमा अनुगमन गरिरहेको छ । स्थानिय तह अन्तरगतको निति नियममा रहि व्यावसायिक लाभ लिइरहेका ब्यापारिक गतिविधी जाँचबुझ गर्न नगरपालिकाले अनुगमनलाई तिव्रता दिएको हो ।

शुदुरआज संग संक्षिप्त कुराकानी गर्दै अधिकृत माझीले मापदण्ड विपरित ब्यावसाय सन्चालन गरिरहेका ब्यापारीहरु नगरपालिकामा ब्यावसाय नविकरण तथा दर्ता गर्नेहरुको संख्या बढेको जानकारी दिए ।

नगरपालिकाको नियम र कानुनमा आधारित रहि ब्यावसाय सन्चालन गर्न र म्याद गुजे्रका देखी अखाद्य बस्तु बिक्रि वितरण गरि समुदायका उपभोक्ताहरुको स्वास्थ्यमाथी खेलवाड नगर्न उनले आग्र गरे