मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

पञ्चदेवल नगरका सबै वडामा बजार अनुगमन (कुराकानी सहित)

पञ्चदेवल नगरका सबै वडामा बजार अनुगमन (कुराकानी सहित)


स्थानिय सरकारको कानुनमा रहि ब्यावसाय सन्चालन गर्न प्रशासक माझीको आग्रह’

अछाम : जिल्लाको पञ्चदेवल विनायक नगरपालिकाले नगरका सम्पुर्ण ग्रामिण बजारहरुमा अनुगमन गरिरहेको छ । स्थानिय तह अन्तरगतको निति नियममा रहि व्यावसायिक लाभ लिइरहेका ब्यापारिक गतिविधी जाँचबुझ गर्न नगरपालिकाले अनुगमनलाई तिव्रता दिएको हो ।

नगरपालिकाको मुख्य ब्यापारी केन्द्र विनायक बजार लगायत वडा नम्वर १ देखी वडा नम्वर ९ सम्मका ग्रामिण पसलहरुका ब्यावसायिक गतिविधी चेक जाँच गर्न अनुगमन तिव्र पारिएको नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत पदम बहादुर माझीले बताए । अनुगमनका क्रममा ब्यावसायीहरुमा थुर्पै कमजोरी देखिएको उनले जानकारी दिए ।

उनका अनुसार हाल सम्म नगर भरिका ८ वटा वडाका बजार अनुगमन गर्दा अधिकांश व्यवसायीहरूले व्यवसाय दर्ता नगरेको, साइनबोर्ड र मूल्यसूची नराखेको,उपभोग्य वस्तुको उपभोग निश्चित अवधिभित्र नभएको, वस्तुको उपभोग गर्ने मितिको विषयमा ज्ञान नभएको, ठूला व्यापारीहरूले जानीजानी म्याद गुज्रिएका सामानहरू गाउँमा रहेका साना व्यापारीहरूलाई बिक्रीवितरण गरिरहेको, एउटा व्यवसाय मात्रै दर्ता गरी फरक प्रकृतिको अर्को व्यवसाय सञ्चालन गर्नेहरूको संख्या उल्लेख्य मात्रामा रहेको, अनुमति नलिएर मदिरा बिक्रीवितरण गरिरहेको,कमसल र अवैध घरेलु मदिरा बिक्रीवितरण भइरहेको , साना तथा समाजमा नचिनिएका व्यवसायीहरू भन्दा समाजका अगुवा, चेतनशील मानिएका व्यवसायीहरूबाट कानुन र नियम बढी उलंघन भएको , कमसल, अवैध तथा घरेलु मदिरा उत्पादन, बिक्रीवितरणका लागि समाजका अगुवा र चेतनशील मानिएका र आफूलाई बुद्धिजीवी मान्नेहरूबाट प्रोत्साहन गरिएको , जाँडरक्सीलाई गरिबी र आयआर्जनको उत्तम विकल्पको रुपमा उनिहरूबाटै पक्षपोषण गरेको , अधिकांश उपभोक्तामा उपभोक्ता हक हितको विषयमा जानकारी नभएको,म्याद गुज्रिएका जंक फुड विक्रिवितरण भइरहेको,सम्झाइ बुझाई गरिएको अनुरोध ग्रहण नगरिएको , बजार अनुगमन गर्दा पसल बन्द गरी भाग्ने, लुक्ने प्रवृत्ति बढेको, गल्तीरकमजोरी स्वीकार गर्नसक्ने क्षमता कमजोर रहेको,बजार अनुगमनको विरुद्धमा व्यवसायी एकजुट भएर नगरपालिकासम्मै भेला हुने समेत अनुगमनका क्रममा भेटिएको छ ।

शुदुर आज संग संक्षिप्त कुराकानी गर्दै अधिकृत माझीले मापदण्ड विपरित ब्यावसाय सन्चालन गरिरहेका ब्यापारीहरु नगरपालिकामा ब्यावसाय नविकरण तथा दर्ता गर्नेहरुको संख्या बढेको बताए । नगरपालिकाको नियम र कानुनमा आधारित रहि ब्यावसाय सन्चालन गर्न र म्याद गुजे्रका देखी अखाद्य बस्तु बित्रिवितरण गरि समुदायका उपभोक्ताहरुको स्वास्थ्यमाथी खेलवाड नगर्न उनले आग्रह गरेका छन ।

यसै विच हामीले नगरपालिकाद्धारा तिब्र पारिएको अनुगमनका बिषयमा पञ्चदेवल विनायक नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत पदम बहादुर माझी संग कुराकानी गरेका छौ ।

सुनौ यो कुराकानी