मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अछाममा रगत अभाव – दाह्री ग्याङले बयालपाटामा जुटायो १० पिन्ट बढी रगत

अछाममा रगत अभाव – दाह्री ग्याङले बयालपाटामा जुटायो १० पिन्ट बढी रगत


तस्बिर : दाह्री ग्याङ्गले शुक्रबार आयोजना गरेको रक्तदान कार्यक्रम ।

अछाम : बयलपाटा अस्पतालमा रगतको च’रम अभा’व भएको छ । पछिल्लो समय कोरोना महामारीका कारण अन्य अस्पतालबाट रेफर गरिएका विभिन्न रोगका बिरामीको उपचार गर्नु परेकाले अस्पतालमा रगत अभाव भएको बयालपाटा अस्पतालका स्वास्थ सेवा निर्देशक डा. विकास गौचनले बताए ।

डा.गौचनले कोरोना महामारी हुनुपूर्व बयालपाटा अस्पतालमा मासिक २० देखि ३० प्वाइन्ट रगत आवश्यक पर्नेमा हाल दैनिकजसो ३ देखि ४ प्वाइन्ट रगत आवश्यक परिरहेको बताए । कोरोना महामारी कारण रक्तदान कार्यक्रम नहुनु, रक्तदाता सहजै नभेटिनु , रगत दान गर्नुपर्छ भन्ने जनचेनता नहुँदा रगत अभावको मुख्य समस्या भएको डा.गौचनले बताए । 

उनले भने, ‘अस्पतालमा मौज्दात रगत नहुँदा रगत आवश्यक पर्ने गम्भीर प्रकृतिका बिरामीलाई उपचारमा समस्या हुने गरेको छ । कोभिड १९ का कारण सहजै रक्तदाता फेला पर्देनन् । रगत अभावको कारण ज्यानैसम्म जानसक्ने खतरा सिर्जना भएको छ। 

कहिले काही त बिरामीका आफन्तले समेत रगत दिन मान्दैनन् । अस्पतालमा सुत्केरी हुन आउने महिलालाई तुरुन्तै रगत दिनुपर्दा झनै समस्या भएको अस्पतालले जनाएको छ।

अस्पतालले रगत आवश्यक पर्दा अछाममा गठित युवाहरुको समूह दाह्री ग्याङ्गले नै गुहार्ने गरेको छ । रगत आवश्यक पर्दा दाह्री ग्याङ्गका युवाहरुलाई नै खबर गर्ने गरेको गौचनले बताए । 

रगतको समस्या हुदाँ दाह्री ग्याङ्ग सदस्य र दाह्री ग्याङ्गको सहजीकरणमा रगतदान हुँदै आएको छ । दाह्री ग्याङ्ग अछाममा स्थापना भएको केही महिनामै २६ प्वाइन्ट रगतदान गरी सकेको दाह्री ग्याङ्ग अछामका संयोजक उमेश कुँवरले बताए ।

अस्पतालमा रगतको चर’म अ’भाव भएपछि दाह्री ग्याङ्गले शुक्रबार रक्तदान कार्यक्रम गरेको छ । कार्यक्रममा १० भन्दा बढीले रगतदान गरेको कुँवरले बताए।