मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

हिमाली गाउपालिका र रारा कैलाश टुर्सको साझेदारीमा जलयात्रा सञ्चालनमा

हिमाली गाउपालिका र रारा कैलाश टुर्सको साझेदारीमा जलयात्रा सञ्चालनमा


बाजुरा – जिल्लाको पुर्वी उत्तरी भेगको हिमालि गाउँपालिकाको धुलाचौरमा हिमाली गाउंपालिका र रारा कैलाश टुर्स कर्णाली नेपालको साझेदारीमा असोज ७ गतेका दिन एक कार्यक्रमका बिच जलयात्राको उद्घाटन गरिएको छ । अजोस ७ गते देखि हिमाली गाउपालिका देखि पिलिचौर सम्म दैनिक यात्रा गर्ने गरि जलयात्रा सञ्चालनमा ल्याएको जलयात्राका कार्यकारी निर्देशन जनेश भण्डारीले बताए ।

भण्डारीका अनुसार जलयात्राको उद्घाटनको दिनमा मात्र यात्रुहरुलाई जलयात्रामा यात्रा गर्नेलाई नि:शुल्क यात्रा गराउने शुक्रबार देखि यात्रुहरुलाई टिकट अनुसार यात्रा गराईने छ । हाम्रो बाजुरामा धेरै पयटकिय सम्भावना बोकेको कर्णाली नदि पनिमा बिदेशी तथा स्वदेशी पयर्टकलाई भित्र्याउन सकेपछि बेराेजगारी केही युवाहरु रोजगारी पनि हुन सक्छन युवाले यसरी जलयात्रा सञ्चालन गरेर पनि स्वरोजगार बन्न सकिन्छ हामीले यसलाई पयर्टकिय पद मार्ग बनाउन सकेपछि  यसलाई प्रचारप्रसार गर्नु अति आबस्यक रहेको संविधानसभा सदस्य तथा राष्ट्रिय सदस्य बर्द्रि प्रसाद पाण्डेले बताए । 

हुम्लाको कैलाश सरोवर हुँदै बाजुरा त्रिवेणी धाम पिलु पादुका हुँदै कालिकोट दैलेख सुर्खेत कैलालिको चिसापानी हुँदै भारतको सारदा नदि भएर बगिरहेको नदिको हिमाली गाउँपालिकाको केन्द्र धुलाचौरमा जलयात्रा  गर्न पाउदा म सारै हर्षित भए जस्तै बाह्य पर्यटकलाई पनि जलयात्रा गर्ने गरि व्यवस्था गर्न आबस्यक रहेको हाम्रो घरदैको आँगनमा बगिरहने कर्णाली नदिमा यहाँका युवाहरुले जुन साहस दिएका छन उनिहरुलाई अझ पनि यो भन्दा राम्रो काम गर्दै जानू होला र जुन कर्णालीको नदिमा जलयात्रा सुरु गर्नु भएकोमा हार्दिक सुभकामना पनि सहित अझ हामीले हाम्रो विकट ठाउँमा यता पर्यटकिय सम्भावना बोकेका ठाउँलाई यसरी चिनाउने हो भने सबै देश विदेशका पर्यटक आएर जलयात्रा गरि भ्रमण गर्न सक्ने भएको ठाउँलाई हामी पर्यटकीय पद मार्ग बनाउन आवस्यक रहेको संविधानसभा सदस्य तथा राष्ट्रियसभा सदस्य पाण्डे बताए ।

हामी कर्णाली नदिमा सधै जलयात्रा गरेर बेरोजगारी युवा केही स्वरोजार बन्न सक्छ भने हामीले यसलाई जुन सकै ठाउँमा भएपनि जस्तोसुकै भएपनि जलयात्रालाई दिगो दरिलो बनाउन अति आवश्यक रहेको भुमिसुधार सहायक मंन्त्री  जनकराज गिरीले बताए। मैले जलयात्रा गरेर आनन्द महशुस भयो त्यसरी नै देश विदेशबाट आउने पर्यटकलाई पनि हाम्रो ठाउँमा बगिरहेको कर्णाली नदिमा जलयात्रा गरेर आनन्द लिने खालको पर्यटकिय क्षेत्र बनाउन जरुरी रहेको पुर्व भुमिसुधार सहायक मन्त्री गिरीले बताए ।