मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

भारतमा कोरोनाले ज्यान गुमा’उनेको संख्या ९० हजार

भारतमा कोरोनाले ज्यान गुमा’उनेको संख्या ९० हजार


काठमाडौं । भारतमा कोरोनाले ज्यान गुमाउनेको संख्या ९० हजार नाघेको छ ।

विश्व स्वास्थ्य संगठनको पछिल्लो तथ्यांक अनुसार भारतमा कोरोनाले ज्यान गुमाउनेको संख्या ९० हजार २० पुगेको छ । पछिल्ला केही हप्ता यता भारतमा

सामान्तया ९ सय देखि १३ सयको बीचमा कोरोना संक्रमितको मृत्यु हुँदै आएको छ ।  

भारतमा हालसम्म ५६ लाख ४६ हजार १० जनामा कोरोना संक्रमण पुष्टि भइसकेको तथ्यांक छ । 

पछिल्लो २४ घण्टामा ८३ हजार ३४७ जनामा कोरोना पुष्टि भएको छ । सोही अवधीमा १ हजार ८५ संक्रमितको मृत्यु भएको तथ्यांकमा उल्लेख छ । 

भारतका रेल्वे सेवा सञ्चालनमा आएसँगै कोरोना संक्रमण तीव्र गतिमा समुदाय स्तरमा फैलिरहेको छ ।

भारतमा सिनेमा हलबाहेक प्रायः सबै पेशा, व्यवसाय तथा क्षेत्र पुरानै अवस्थामा सञ्चालमा छन् ।