मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

आईपीएलमा कोलकत्ता ४९ रनले पराजित

आईपीएलमा कोलकत्ता ४९ रनले पराजित


  

काठमाण्डाै – इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा मुम्बई इण्डियन्सले कोलकत्ता नाइट राइडर्सलाई हराएको छ ।

बुधबार राति भएको खेलमा मुम्बईले कोलकत्तालाई ४९ रनले हराएको हो । मुम्बईले दिएको १ सय ९६ रनको लक्ष्य कोलकत्ताले पूरा गर्न सकेन । उसले २० ओभरमा ९ विकेट गुमाएर १ सय ४६ रनमात्र बनाउन सक्यो । यसअघि टस हारेर पहिले ब्याटिङ गरेको मुम्बईले २० ओभरमा ५ विकेट गुमाएर १ सय ९५ रन बनाएको थियो । मुम्बई साविक विजेता टिम हो ।

मुम्बईले १३ औं संस्करणको आईपीएलमा पहिलो जित दर्ता गरेको छ । मुम्बई पहिलो खेलमा चेन्नेईसँग पराजित भएको थियो । शेख जायद स्टेडियममा भएको खेलमा कोलकत्ताका पाट कुमिन्सले सर्वाधिक ३३ रन जोडे । यस्तै कप्तान दिनेश कार्तिकले ३० तथा नितेश रानाले २४ रन बनाए । इयान मोर्गन १६ रनमा आउट हुँदा आन्द्रे रसेल ११ रनमा पेभेलियन फर्किए ।

मुम्बईका ट्रेन्ट बोल्ट, जेम्स प्याटीनसन, राहुल र जस्प्रित बुम्राहले २/२ विकेट लिए । किरोन पोलार्डले १ विकेट लिए । मुम्बईका लागि कप्तान रोहित शर्माले ८० रनको अर्धशतकीय इनिङ्स खेले । उनले ६४ बलमा ६ छक्का र ३ चौका प्रहार गरे । उनले आईपीएलमा २०० सय छक्का पूरा गरेका छन् ।

यस्तै सूर्यकुमार यादवले ४७ रन जोड्दा सौरभ तिवारीले २१ रन बनाए । हार्दिक पाण्डेयले १८ रन जोडे । कोलकत्ताका शिवम माभीले २ विकेट लिए । सुनिल नारिने र आन्द्रे रसेलले १/१ विकेट लिए । जितसँगै मुम्बईले २ खेलमा २ अंक जोडेको छ ।