मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

हराएको ११ नम्बर सीमास्तम्भ ५८ वर्षपछि भेटियो

हराएको ११ नम्बर सीमास्तम्भ ५८ वर्षपछि भेटियो


सुर्खेत – नेपाल–चीन सीमानामा पर्ने ११ नम्बरको सीमास्तम्भ भेटिएको छ । 

हुम्लाको नाम्खा गाउँपालिका ६ टाकुलेमा सीमास्तम्भ भेटिएको हो। हराएको भनिएको झण्डै ५८ वर्षपछि बुधबार सीमास्तम्भ भेटिएको हो।

सीमा अनुगमनका लागि गएको टोलिले ११ नम्बर सीमास्तम्भ भेटिएको नाम्खा गाउँपालिकाका अध्यक्ष विष्णुबहादुर तामाङ (लामा)ले जानकारी दिए। 

हिल्सा नाकाभन्दा झण्डै पाँच हजार दुर्इ सय मिटर उचाइमा सीमास्तम्भ भेटिएको क्षेत्र पर्दछ।

चीनले हुम्लाको नाम्खा गाउँपालिका ६ लाप्चाक्षेत्र (लोलुङजोङ) मा भवनहरु बनाएपछि हुम्लाको सुरक्षाकर्मीको टोलि सिमास्तम्भ अनुगमनमा गएको थियो।

सिमास्तम्भ भेटिएपनि लोलुङचोङ क्षेत्र नेपाल या चीन कसको सिमानामा पर्छ भन्नेबारे एकिन भएको छैन। 

अनुगमन टोलि फर्किएपछि मात्रै थप अध्ययन प्रतिवेदन तयार पार्ने र सोही अनुसार लोलुङचोङ क्षेत्रको एकिन हुने अध्यक्ष लामाले बताए। 

हुम्लामा १५ वटा सिमास्तम्भ छन्। चीनले नेपाली भूमिमा संरचना निर्माण नगरेको बताइँदै आएको छ।