मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मंगलसेनका ३ जना अभिभावक बिहिन बालवालिकालाई नगरको सहयोग

मंगलसेनका ३ जना अभिभावक बिहिन बालवालिकालाई नगरको सहयोग


होम साउद, अछाम । जिल्लाको मंगलसेन नगर पालिकाका ३ जना अभिभावक बिहिन बालबालिकालाई नगर पालिकाले सहयोग गरेको छ । आमा बुवा दुबैको मृ’त्यू भएपछि बिचल्लीमा परेका मंगलसेन नगरपालिका वडानम्वर ३ का ३ जना बालवालिकालाई सहयोग रकम हस्तान्तरण गरिएको हो ।

मंगलसेन नगरपालिका प्रमुख पदम बहादुर बोहराले ५ हजार र प्रमुख प्रशासकीय अधिकृत खकेन्द्र बहादुर सोडारीले १ हजार पाँच सय तथा नगरपालिकाबाट तत्कालका लागि ५ हजार गरि ११ हजार ५ सय रकम हस्तान्तरण गरिएको छ।

अप्ठेरोमा परेका अभिभावक बिहिन बालवालिकालाई नगरपालिकाबाट तत्कालका लागि राहत स्वरुप सहयोग उपलब्ध गराईएको र आगामि कार्यपालिका बैठक मार्फत थप सहयोगका लागि पहल गरिने नगरप्रमुख बोहराले बताए ।

क्षयरोगका कारण बुवा नरबहादुर बिष्टको मृ’त्यु भएको केही समयमै आमा सरस्वती बिष्टको पनि ब्लड क्यान्सरका कारण मृ’त्यु भएपछि ३ जना बालबालिकाको विचल्लि भएको थियो ।

१५ वर्षकी रचना बिष्ट, १० वर्षकी रेजिना बिष्ट र ८ वर्षको समीर बिष्ट बुवाआमाको मृ’त्यु भएपछि काका काकि भिम बहादुर बिष्ट र कमला बिष्टको सहारामा वसिरहेका स्थानीय सेर बहादुर बिष्टले बताए।