मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मंगलसेन नगरमा सुरु भएको अनलाईन प्रणालीको सेवा प्रभावकारी हुने विश्वास

मंगलसेन नगरमा सुरु भएको अनलाईन प्रणालीको सेवा प्रभावकारी हुने विश्वास


होम बहादुर साउद, अछाम । मंगलसेन नगरपालिकाले ब्यक्तिगत घट्ना दर्ता कार्य अनलाईन प्रणाली मार्फत सुरु गरेसंगै वडानम्वर ५ मा औपचारीक कार्यक्रम सम्पन्न भएको छ । अनालाईन दर्ता भएको जन्मदर्ता प्रमाणपत्र औपचारीक रुपमा हस्तान्तरण गर्दै नगर उपप्रमुख सरिता उपाध्यायले जनतालाई छिटो छरितो र प्रभावकारीसेवाका लागि अनलाईन प्रणालीबाट घट्ना दर्ता कार्य प्रभावकारी हुने बताए ।

अहिले वडानम्वर ४ र ५ मा सुरु भएपनि क्रमागत रुपमा अन्य वडामा पनि अनलाईन प्रणालीबाट घट्नादर्ता कार्य सुरु गरिने बताए । सो कार्यक्रममा नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत खकेन्द्र बहादुर सोडारीको विशेष उपस्थिती रहेको थियो ।

अनलाईन दर्ता प्रमाणपत्र हस्तान्तरण कार्यक्रमका अध्यक्ष तथा वडानम्वर ५ का अध्यक्ष हरीप्रसाद ढुंगानाले आफुहरुले पहिले देखीनै चासो राखेको अनलाईन प्रणाली मार्फत घट्ना दर्ता कार्य सुरु भएपछि सेवा प्रवाह पारदशी र छिटो छरितो सेवा प्रवाह हुने विश्वास ब्याक्त गरे ।

अध्यक्ष ढुंगानाले यसअघिको जसरी घट्ना दर्ताका रेर्कडहरु नष्ट नहुने र खोजेको बेला भेटाउन सहज हुने उल्लेख गर्नुभयो । वडानम्वर ५ मा असोज १ देखी हालसम्म नेहा ढुंगाना, जोतीका ढुंगाना, बिक्रम बिक र गणेश भाट गरि ४ जनाको अनलाईन मार्फत जन्मदर्ता कार्य भईसकेको छ ।

हाललाई ईन्टरनेटको पहुँच पुगेका वडामा अनलाईन प्रणाली मार्फत ब्याक्तिगत घट्ना दर्ता कार्य गरिने र आगामि दिनमा अन्य वडामा पनि बिस्तार गरिने नगरपालिकाले जनाएको छ । औपचारीक कार्यक्रममा सूचना प्रविधि अधिकृत पौरख बोगटी, प्रशासन शाखा प्रमुख विष्णु जैशी, वडानम्वर ५ का सचिव हेमन्त साउद, सहायक लेखापाल लोकबहादुर चलाउने, राजश्व शाखा प्रमुख दिपक खड्का, वडानम्वर ६ का सचिव धिरेन्द्र भण्डारी, एम आई एस अपरेटर एकेन्द्र बोगटी, फिल्ड सहायक दिल बहादुर केसीको उपस्थिती रहेको थियो ।