मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अछामका २१ सहित सुदूरपश्चिममा ७९ जनामा कोरोना पुष्टी

अछामका २१ सहित सुदूरपश्चिममा ७९ जनामा कोरोना पुष्टी


धनगढी– सुदूरपश्चिमका थप ७९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। सेती प्रादेशिक अस्पताल, डडेल्धुरा अस्पताल र डोटी जिल्ला अस्पतालमा पछिल्लो २४ घण्टामा सात सय ५३ जनाको कोरोना परीक्षण भएकोमा ७९ जनामा संक्रमण पुष्टि भएको छ।

सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा चार सय ३८ जनाको कोरोना परीक्षण गरिएकोमा बुधवार ३६ जनामा संक्रमण पुष्टि भएको अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले बताए। 

श्रेष्ठले दिएको जानकारी अनुसार धनगढी उप–महानगरपालिका वडा नम्वर २ का ८ जना र धनगढी उप–महानगरपालिका वडा नम्वर १३ का ८ जनामा संक्रमण पुष्टि भएको छ। यस्तै धनगढीकै वडा नम्वर १, ३ र ५ का दुई÷दुई जना, वडा नम्वर ४ , ११, १४ र १८ का एक/एक जनामा संक्रमण पुष्टि भएको छ।

कैलालीको गोदावरी नगरपालिकाका ८ जना, भजनीका एक र कञ्चनपुरको कृष्णपुरका एक जनामा पनि कोरोना पुष्टि भएको सूचना अधिकारी श्रेष्ठले बताए। उता डडेल्धुरा अस्पतालको प्रयोगशालामा भएको परीक्षणमा थप ८ जनामा कोरोना भाईरसको संक्रमण पुष्टि भएको छ।

पछिल्लो २४ घण्टामा एक सय ४३ जनाको कोरोना परीक्षण भएकोमा ८ जनामा संक्रमण पुष्टि भएको हो। अस्पतालका इन्चार्ज इश्वरी प्रशाद भूषालले दिएको जानकारी अनुसार संक्रमण पुष्टि भएका ८ जना अछाम जिल्लाको तुर्माखाद गाउँपालिकाका हुन्।

यस्तै जिल्ला अस्पताल डोटीको प्रयोगशालामा पछिल्लो २४ घण्टामा एक सय ७२ जनाको कोरोना परीक्षण भएकोमा ३५ जनामा संक्रमण पुष्टि भएको छ। डोटीको आदर्श गाउँपालिकाका १३, दिपायल सिलगढाीका चार, अछामको रामारोशनका १६ र मेल्लेखका दुई जनामा संक्रमण पुष्टि भएको प्रयोगशाला इन्चार्ज शौरभ श्रेष्ठले बताए।

योसंगै सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमितको संख्या सात हजार नजिक पुगेको छ भने संक्रमण पुष्टि भएका झण्डै ५ हजार ८ सय जनाले कोरोना जितेका छन्। १५ जना संक्रमितको भने मृत्यु भईसकेको छ।