मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सक्रिय संक्रमित २५ हजार नाघे लकडाउन गर्न सिफारिस, अहिले कति छन् संक्रमित ?

सक्रिय संक्रमित २५ हजार नाघे लकडाउन गर्न सिफारिस, अहिले कति छन् संक्रमित ?


काठमाडौं । नेपाल सरकार स्वास्थ्य मन्त्रालयले २५ हजार भन्दा बढी सक्रिय संक्रमितको संख्या पुगेमा लक डाउन गर्न सिफारिस गर्ने निर्णय गरेको छ । 

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार मन्त्रालय अन्तर्गतको इन्सिडेन्ट कमाण्ड सिस्टमको बैठकले २५ हजार भन्दा बढी संक्रमित भएमा लकडाउन गर्न सिफारिस गरेको हो ।

२५ हजार भन्दा बढी संक्रमित भएमा स्वास्थ्य पूर्वाधारको समस्या हुने भएकाले लक डाउनको सिफारिस गरिएको उनले बताए ।

अहिले १७ हजार ४१४ जना सक्रिय कोरोना संक्रमित छन् । अब ८ हजार सक्रिय कोरोना संक्रमित पुगेमा पुनः लकडाउन गर्न सिफारिस गरेको हो ।

साथै स्वास्थ्य मापदण्ड पालना हुन नसक्ने खालका सबै सेवा र व्यवसाय कम्तिमा १ महिना नखोल्न सिफारिस गर्ने निर्णय भएको उनले बताए । विभिन्न अस्पताल र प्रयोगशालाहरुले तोकिएभन्दा बढी शूल्क लिने गरेकामा स्वीकृति दिने निकायले कडाईका साथ अनुगमन गरी कारवाही गर्न पनि मन्त्रालयले निर्देशन दिएको छ ।