मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

डा. गोविन्द केसी आईसीयूमा भर्ना

डा. गोविन्द केसी आईसीयूमा भर्ना


जुम्ला – शारीरिक स्वास्थ्य अवस्था कमजोर हुँदै गएपछि अनसनस्थलबाट अस्पताल पुर्‍याइएका डाक्टर गोविन्द केसीले कुनै पनि स्वास्थ्य जाँच गर्न मान्नु भएकाे छैन । 

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको आईसीयूमा भर्ना गरिएका डा. केसीले जाँच गर्न नमानेको उपचारमा खटिएका डाक्टरकाे टोलीले निकालेको दैनिक प्रतिवेदनमा उल्लेख छ ।

उपचारमा खटिनुभएका विशेषज्ञ डाक्टर प्रवीण गिरी, डाक्टर धिरज गुरुङ, डाक्टर अनुप मंगल समाल र नर्स सविना थापाको हस्ताक्षरित प्रतिवेदनमा डाक्टर केसीले अस्पताल आएपछि कुनै पनि खालको जाँच गर्न नमानेको बताइएको छ ।

उहाँलाई असोज ३ गते राति १० बजेर ४५ मिनेटमा अस्पतालमा ल्याइएको प्रतिवेदनमा जानकारी गरिएको छ  । जाँच नै गर्न नदिएपछि उहाँको प्रतिरक्षा घट्दै गएकाले सङ्क्रमणको डर भएको, रगतमा चिनीको मात्रा अति कम भइ प्रमुख अङ्रुमा जटिल समस्या हुने डर भएको चिकित्सकको प्रतिवेदनले जनाएको छ । 

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा डाक्टरकाे पढाइसहित चिकित्सा क्षेत्रका मागहरु सरकारले पूरा गर्न भन्दै एक हप्तादेखि उहाँ जुम्लामा अनसन बसिरहनु भएको छ ।