मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अहिलेको सरकारको काम संबिधानको मर्यादा विपरित : सभापति स्वार

अहिलेको सरकारको काम संबिधानको मर्यादा विपरित : सभापति स्वार


अछाम – नेपाली काङ्ग्रेस अछामका सभापती भरत कुमार स्वाँरले काङ्ग्रेसको नेतृत्वमा जारी भएको संविधानको स्मरण गराउदै दिवसको अवसरमा शुभकामना व्यक्त गरेका छन्।

नेपाल विध्यार्थी संघ अछामले छैटौँ संविधान दिवसको अवसरमा साँफेबगरमा आयोजना गरेको दिप प्रज्वलन कार्यक्रममा प्रमुख अतिथि रहेका सभापती स्वारले अहिलेको सरकारले संविधानको मर्यादा विपरित काम गरिरहेको धारणा व्यक्त गरे ।

चुनाव हारेकालाई राष्ट्रीय सभा सदस्यमा मनोनित गर्नु संविधानको मर्यादा विपरित भएको जिकिर गरे। त्रिपुरा सुन्दरी क्याम्पसका स्ववियु सभापती भिम बहादुर कुँवरको अध्यक्षता भएको दीप प्रज्वलन कार्यक्रमका बिशिष्ट अतिथी महासमिती सदस्य राजन कुँवर रहेका थिए।

महासमिति सदस्य कुँवरले सरकारका गतिबिधि संबिधानको मर्म बिपरित भएको आरोप लगाए।नेविसंघ अछामका पूर्व अध्यक्ष समेत रहेका कुँवरले नेबिसंघले सामाजिक कार्यमा क्रियासिल भएर लागेको प्रति प्रशंसा ब्यक्त गरे।

कार्यक्रममा जिल्ला कार्य समिती सदस्य कालु कुँवर, राम बहादुर कुँवर, नेपाली कांग्रेस क्षत्रिय सभापती कृष्ण बहादुर बुढा, नगर सचिव कृष्ण कुँवर, महिला संजाल अध्यक्ष अप्सरा कुँवर, नेविसंघ अछामका उपाध्यक्ष खडक बिष्ट लगायतको सहभागिता रहेको थियो।

सुशिल कुँवरको स्वागतबाट सुरु भएको कार्यक्रमको संचालन उमेश कुँवरले गरेका थिए।