मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

संबिधान दिवसमा काँग्रेस बाजुराले गर्यो दिप प्रज्वल

संबिधान दिवसमा काँग्रेस बाजुराले गर्यो दिप प्रज्वल


बाजुरा : नेपालको संविधान जारी भएको पाँचौ वर्षको अवसरमा शनिबार नेपाली काँग्रेस बाजुराले दीप प्रज्वलन गरेको छ । काँग्रेसको नेतृत्वमा बनेको नेपालको संविधान २०७२ स्वागतसंगै हर्ष उल्लाषका साथ दीपप्रज्वनल गरेको नेपाली काँग्रेस बाजुराले जनाएको छ ।

जनताबाट प्रत्यक्ष निर्वाचन प्रक्रियाबाट निर्वाचनमा पहिलो पाटीका रुपमा रहेको काँग्रेसको पालामा बनेको संविधानको पाटी कार्यालय मार्तडीमा दीप प्रज्वनल गरेको नेपाली काँग्रेस संगठन विभाग प्रमुख धनराज पण्डितले जानकारी दिएका छन । तत्कालिन प्रधानमन्त्री तथा पाटी सभापति शुशिल कोइरालाको नेतृत्वमा बनेको संविधानले पुर्ण रपमा मानव अधिकारको रक्षा, विपन्न असहाय र अपांगता भएका व्यक्तिका उनीहरुको माग पुरा गर्न संविधान जारी भएको संगठन विभाग प्रमुख पण्डितले बताएका छन् ।

दीप प्रज्वलन कार्यक्रममा नेपाली काँग्रेस महासमिति सदस्य तथा महिलािसंघ केन्द्रीय सदस्य जुना दानीले जनताले प्रत्याभुत हुने गरी संविधान पुर्ण रुपमा कार्यान्वय गर्नुपर्ने बताएकी छन् । उनले महिला,बालबालिका,अल्पसंख्यक,बेरोजगार युवालाई देशमै रोजगारी सिर्जना गर्न सरकारले पहल गर्न आग्रह गरेकी छन् ।

संविधानसंगै अहिलेको दुई तिहाइको सरकार आएपछि हत्याहिंसा,बलात्कार, र भ्रष्टाचार मौलाउदै गएकोले संविधान दिवसले अन्तय गरोस् भन्ने कामना दानीले गरिन् ।

दीप प्रज्वलनमा नेपाली काँग्रेस महास समिति सदस्य जुना दानी,संगठन विभाग प्रमुख धनराज पण्डित,जिल्ला कार्य समिति सदस्य दीपा बोहरा,कविता विष्ट,नेपाल महिलासंघ अध्यक्ष अमृता सिंह,नेविसंघका उपाध्यक्षद्धय दीलबहादुर थापा,जनक थापा,नेपाल साँस्कृतिक संघ अध्यक्ष विष्णु धामी लगायतका नेता तथा कार्यकर्ता सहभागी थिए ।