मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

र यसरी जिन्दगी अणु बम भन्दा भयानक बन्याे

र यसरी जिन्दगी अणु बम भन्दा भयानक बन्याे


  • झलक ओलि

पिडाहरुको तराजु बन्यो दुखहरुको ढक बन्यो ।
र यसरी जिन्दगी अणु बम भन्दा भयानक बन्याे ।।

हिजो अज्ञानी भनेर तिमिबाटै लखेटिएको मान्छे ।
आज तिम्रो जिन्दगी पढिदिने प्रीय पाठक बन्यो ।।

म जन्मे देखि नै गनि रहेछु यो चन्द्रमाको उमेर ।
जो न कहिलै वृद्ध भयो न कहिलै बालक बन्यो ।।

पहिलो पटक यो दिलमा बस्न आएको मान्छे ।
प्रेमी बनेन घुमफिर गरेर फर्कने पर्यटक बन्यो ।।

जाजरकोट