Uncategorized

कोभिड-१९ द्वारा थलिएको शिक्षा क्षेत्र -भावुक संघर्ष

१.बिषय प्रबेश:

असुरक्षित खानपान र बदलिँदो जीवनशैलिको कारण चिनको वुहान शहरमा एक जना ५७ बर्षिया महिला मासु पसलेमा हुँदै सयौं गर्दै हजारौंमा संक्रमण पुष्ठि हुँदै गएको नोबेल कोरोना भाइरस कोभिड-१९” को संक्रमण नेपालमा पनि गत माघमा देखा पर्यो ।

संक्रमितहरुको संख्या छिट्फुटमा बढ्दै गईरह्यो । संक्रमितको संख्या हालको तुलनामा न्यून भएपनि निकट भबिष्यमा हुनसक्ने जोखिम तथा जनजिबिका का क्षेत्र(जनस्वास्थ्य) मा यसले पार्ने प्रतिकुल असरलाई मध्यनजर गर्दै गएको चैत्र ११ गतेबाट लागू हुनेगरी सरकारले मन्त्रीपरिषदको बैठक बोलाई सो निर्णय पास गर्यो ।

संक्रमितको संख्या भन्दा निको भएर डिस्चार्ज हुनेहरुको संख्या बढी भएको देखेर खुसिले फुरुङ्ग भएको सरकारी नेकपाको सरकारले लकडावनलाई क्रमश खुकुलो पार्दै साउन ५ गते देखि लकडावन हटेको घोषणा गर्यो । फलस्वरूप परिस्थिति नियन्त्रण भन्दा बाहिर जाने अबस्य नै भयो । सुरुवाती चरणमा कोभिड नियन्त्रण गर्न सरकारले गरेका प्रयासहरु आसाजन भएपनि अहिलेको परिस्थितिमा संक्रमण दर पनि निकै चुलिदै गइरहेको छ ।

अस्तिको भन्दा हिजो दोब्बर, हिजोको भन्दा आज दोब्बर, आजको भन्दा भोलि दोब्बर हुने निश्चिति नै छ । गत चैत्र ६ गतेबाट सन्चालन हुन लागेको माध्यमिक शिक्षा परिक्षा (एसइइ) लाई छिमेकी देश भारत र चीन तथा विश्व परिबेशमै मानव समुदायलाई यसले आक्रान्त बनाएको बोध गर्दै विद्यार्थीको माथिल्लो तहको शिक्षा प्राप्तिको ढोकाको रुपमा लिइने उक्त परीक्षा सरकारले रद्द गर्न निर्देशन गर्यो । फलतः परीक्षा रद्द नै भयो ।

परीक्षा रद्द भएपछि पुनः परिक्षा होला कि नहोला, कहिले होला भनेर द्विविधामा बाचिरहेका एसईइ का उम्मेदवार, अभिभावक तथा शिक्षहरुलाई राज्यले कुनै बिस्वस्निय सुचना दिन सकेन । तर्सथ उनिहरु दोधारैमा अल्झिरहे । केही महिना पछि आन्तरिक मुल्यांकन बिधिबाट परिक्षार्थिको अंक पठाउन निर्देशन गरियो र भर्खरै नतिजा पनि निस्कासन भयो ।

लकडावन हटेपश्चात संक्रमितको संख्या निकै द्रुतगतिमा बढ्न थालेपछी स्थानिय सरकारहरुले आफ्नो पालिका भित्र संक्रमणको स्थितिलाई हेरेर कुनैले लकडावन गरे, कुनैले निषाधेज्ञा अथवा कर्फ्यु घोषणा गरिरहेको भए पनि निको भएर डिस्चार्ज हुनेहरुको संख्या न्यून र संक्रमित हुनेहरुको संख्या दोब्बर-तेब्बर भएका कारणले यी प्रयासहरु आशाजनक छैनन ।

परिस्थिति यो भन्दा अझ बिकराल हुन्छ कि भनेर आकलन गर्न सकिन्छ । अहिले चिकित्सा क्षेत्र, पत्रकारिता क्षेत्र लगाएतका केही सिमित क्षेत्रहरु बाहेक सबै क्षेत्रहरु जस्तो: शिक्षा क्षेत्र, ब्यापारिक-औद्योगिक क्षेत्र, कृषि क्षेत्रहरु ठप्प छन । समुदायस्तरमै कोरोना फैलिरहदा नियन्त्रण गर्न राज्यलाई निकै सकस भइरहेको छ ।

अतः कोरोना नियन्त्रण गर्ने दायित्व बाट सरकार पछि हट्न खोजेर सामान्य लक्षण भएकाहरू स्वास्थ मापदण्डहरुको पालना गरि घरमै सुरक्षीत बस्दा फरक पर्दैन । संक्रमितको संख्या धेरै मात्रामा बढ्दै गइरहेका कारण आइशोलेसन वार्ड, क्वारेन्टाइन तथा भेन्टिलेरको अभाव भैरहेको भनेर नागरिक प्रति राज्यको जिम्मेवारी बाट सरकार पन्छिने र लाचार बन्ने प्रयत्न गर्दै छ । यो नागरिकका लागि दु:खद र दुरदशाको कुरा हो ।

प्राकृतिक तथा दैविक बिपद ब्यबस्थापन तथा त्यसबाट सिर्जित समस्याहरूलाई राज्यले नियन्त्रण गर्न र नागरिकको घ्याउमा मलमपट्टि सेकाउन सक्दैन भने त्यस्तो लाचार स्थानीय तहका जनप्रतिनिधि, सांसद, मन्त्री तथा प्रधानमन्त्रीबाट अरु के नै अपेक्षा गर्न सकिएला र ? स्वास्थ्य नागरिकको प्राथामिकताको बिषय हो तसर्थ यसप्रति नेतृत्वले गम्भीर भएर लागि पर्नु अबिछिन्न दायित्व हो ।

२.कोभिड-१९ उत्पती र संक्षिप्त परिचय:

चिनको वुवेइ प्रान्तको वुहान शहरमा देखा परेको कोरोना भाइरसबाट उक्त शहर आक्रान्त बनेको ३ हप्तापछि गणतन्त्र चिनले विश्व स्वास्थ्य संगठनलाई जानकारी गराएको थियो । तत्पश्चात स्वास्थ्य संगठनले मानव जातिमा नयाँ भाइरस संक्रमण भएको ठहर्दै नयाँ प्रजातिको यश भाइरसको नाम “नोबेल कोरोना भाइरस” अर्थात Covid-19 राख्यो जसको पूरा रुप corona virus disease -2019 भन्ने हुन्छ । विभिन्न खोजमुकुलक अध्ययन तथा अनुसन्धानहरुबाट यसको उत्पतिको स्रोत कोब्रा सर्प, चेमेरो तथा सालक भएको बताउछन ।

वुहान शहरिकी एकजना ५७ बर्षिया सामुन्द्रीक माछा तथा मासु बिक्री गर्ने महिला पसलेलाई रुघाखोकी र ज्वरोको लक्षण देखापरेकी उनी अस्पताल भर्ना हुदा मानव जातिमा नयाँ भाइरसको संक्रमण भएको कुरा बताएपछि डा. लि उइलिंगलाई जेल चलान गरियो । जेल चलान गरिएको २६ औं दिनमा उनको कोरोना भाइरस संक्रमणकै कारणले ज्यान गयो ।

भ्याक्सिन पत्ता लगाउन सकिने घोषणा गरेका डा लि को मृत्युले यस्को ठोस भ्याक्सिन तथा औसधि बिकास गर्न जटिलता सिर्जना गरेको भनेर पनि दाबी गर्न सकिने पाटो पनि छदै छ । अर्को तिर बिस्वमा अहिले भ्याक्सिनको बिकासका लागि झिनो आसा जगाउन सकिने स्थान पनि छदैछ नि !

३.शिक्षामा कोभिड-१९ प्रभाव:

कोभिड-१९ को संक्रमणको कारणले हालसम्म कुनै पनि देशहरु अछुतो रहेका छैनन । २१३ देशहरुमा यसको संक्रमणले विश्व मानव समुदाय नै आक्रान्त भईरहदा नेपालमा पनि यसले आर्थिक, सामाजिक, औधोगिक, ब्यपारिक, शैक्षिक क्षेत्र तथा बहु देशिय आयातनिर्यातमा ठूलो प्रभाव पार्यो । लकडावन अवधी अघि वा पछि देखि बन्द भएका देशभरका शिक्षण संस्थाहरु हालसम्म पुर्ण रुपमा बन्द अवस्थामै छन ।

बैशाख तथा जेठबाट शहरी क्षेत्रका केही शैक्षिक संस्थाहरु (स्कुल, कलेजहरु) ले बैकल्पिक शिक्षण माध्यमको रुपमा अनलाइन क्लासहरु मार्फत शिक्षण गराउने निर्णय गरेर सोहि अन्तरगत कक्षाहरु पनि सन्चालन भए तर प्रभावकारी भने हुन सकेनन । जसको मुख्य कारण उच्च तथा गुणस्तरीय शिक्षा प्राप्त गर्न शहर पलायन भएका विद्यार्थीहरु लकडावनका कारण आफ्नो घर फर्किनु,

ग्रामीण क्षेत्रमा प्रभावकारी नेटवर्किङ्ग सुबिधा नहुन र राज्यले सो सुबिधाको ब्यबस्था गर्न नसक्नु नै मुख्य हो । स्कुल, कलेज तथा प्रशिक्षण/टिउसन/कोचिङ्ग सेन्टरहरु ठप्प भैरहदा विद्यार्थीहरुले शैक्षिक तथा सिकाइ बाट बन्चित भएका छन । राज्य तथा शैक्षिक क्षेत्रमा काम गर्दै शैक्षिक रुपान्तरण तथा शैक्षिक गुणस्तर अभिबृद्वी गर्ने क्षेत्रमा लागि परेका सामाजिक तथा शैक्षिक संस्थाहरुको हविगत पनि देखियो किनकि तिनीहरुले बैकल्पिक सिकाइ/शिक्षण को विकल्प भर्चुअल/अनलाइन क्लास बाहेक अरु कुनै देखेनन ।

अर्को लज्जाको बिषय त के भैदियो भने नेपालको संबिधान २०७२ को प्रस्तावना मै समाजबाद उन्मुख राज्य भनिएको छ् । अतः समाजबादी राज्य ब्यबस्थामा शिक्षा पद्वती पनि त समाजबादी अर्थात समाजबाद उन्मुख हुनु पर्ने हैन र ?संबिधानको धारा ३१ मा शिक्षा सम्बधी हक स्वयम् राज्यले नै सुनिश्चित गरेको छ । तर शासकहरुको अदुरदर्शिता र विद्यार्थीको शैक्षिक हकको संरक्षणका लागि बिकल्पको बाटो पहिचान गर्न सकिएन । हुन त राज्यले रेडियो शिक्षा कार्यक्रमको पनि सुरुवात गरेकै हो । तर राज्यद्वारा विद्यार्थीका लागि गरिएका कुनै प्रयासहरु सफल हुन सकेनन् ।

अहिले कोभिडद्वारा सिर्जित समस्याका कारण विद्यार्थीहरुको मनोसामाजिक स्थिति नकारात्मकतातिर उन्मुख भैरहेको छ । स्कुलतहका ससाना बालबालिकाहरु बालबिबाहको चपेटामा परिरहेका छन । घरायसी तथा मानसिक तनाबको सिकार बनिरहेका छन । अतः अहिलेको परिवेशमा विद्यार्थीहरु सिर्जनशिलतमा कमि, मनोबलमा गिरावट आएका कारण दुरदराजका विद्यार्थीहरुका अपार जिज्ञासा्हरु एउटा बन्द कोठाको कैदी तुल्य छन ।

४.खस्किदो शैक्षिक गुणस्तर:

गुणस्तरीय शिक्षाको नाममा राज्यले ठूलो लगानी गर्दै आइरहेको कुरामा सबै अवगत छन । विभिन्न एनजिओ तथा आइएनजिओ हरुले पनि गुणस्तरीय शिक्षाको बहाना बनाउदै लगानी गर्दै आइरहे पनि सरकारी तथा सामुदायिक बिद्यालयहरु स्थिती खस्कदै गैरहेको छ ।

शैक्षिक गुणस्तर दिनानुदिन खस्किदै छ । स्वदेशमै सुखदुःख गरेर पढिरहेका तथा बाआमा ले घ्यु, भटमास, कोदो, फापर, जडिबुटी, तथा मजुदुरी गरेर पढाइरहेका छोराछोरीहरुको देशमा कुनै ग्यारेन्टी छैन ।

नेपालका बिश्वबिद्धालय तथा शैक्षिक संस्थाहरु खाडी-अरबका लागि तुच्छ दर्जाको मजदुर उत्पादन गर्ने भट्टि बनिरहेका छन । यो दर्दनाक अबस्था देख्दा पनि राज्य मुकदर्शक मात्र बनिरहेको छ । यो बिषयलाई हरेक बिश्वबिद्धालयका प्राध्यापकहरुले गम्भीर रुपमा उठान गर्नु पर्छ, सम्बन्धित निकायको ढोका ढकढक्याउनु पर्छ ।

यश बिषयमा केबल विद्यार्थी संगठनहरुले मात्र बोलेर पुग्दैन । अहिले देश अन पढ्ने वातावरण छ, न त गरिखाने वातावरण छ । न त विद्यार्थीहरुको लागि सिर्जनशिलताको पाटो खुल्ला छ । ससाना बालबालिकाहरु घरेलु हिंसा, सामाजिक, संबेगात्मक तथा मनोसामाजिक प्रभावबाट अछुतो छैनन ।

५. युवा र वैदेशिक रोजगारीको प्रसङ्ग:

अहिले कोभिडको महामारीकै कारण सिर्जित प्रतिकुल समयलाई मध्यनजर गर्दै स्वदेश फर्किएका युवाहरु स्वदेश फर्केको ४/५ महिनामै परिवारको गर्जो टार्ने वातावरण देशमा नहुदा निर्विकल्प भारत तिर लर्किरहेका छन ।

जसको मुल कारण सरकारले बेरोजगार युवा लक्षित कार्यक्रम ल्याउन नसक्नु, उनिहरुलाई आफ्नै देशमा बसेर छाक टार्ने अवसर नहुनु नै हो । कार्ल मार्क्सअनुसार समाज बर्गमा बिभाजित छ ” शासक बर्ग र शासित बर्ग वा धनी बर्ग र निम्न बर्ग” । अहिले नेपाली समाज सोही बिभाजन भित्र पनि फरक ढंगले बिभाजित छ ।

अतः हुनेखाने बर्ग अर्थात जिन्दगीका खुसी र उमंग साट्न युरोप अमेरिका तिर प्लायन हुने बर्ग एकातिर छ भने अर्को तिर घरायसी बिबसता र बाध्यतालाई टार्न खाडितिर ५५° सम्मको गर्मी संग जिन्दगीका सुनौला सपनाहरुको लिलामि गर्न बिबस र बाध्य बर्ग छ, निम्न बर्ग । ६. निष्कर्ष, सार तथा सुझाव; बिदेशमा मालिकको चाकरी गर्न बाध्य भैरहेका, अलपत्र परिरहेका १२ महिना काम गरेर ३/४ महिना पेट नभरिने, दिनहुुँ पसिना चुहाएर शरीर ढाक्न हम्मेहम्मे परेका मजदुर बर्गको सुनौलो बिहान आउनुपर्छ ।

शिक्षालाई श्रममुखी बनाउनु पर्छ । कोभिडका कारण ठप्प भएका शिक्षण संस्था सन्चालनका लागि आबस्यक मापदण्ड बनाएर पठनपाठन सहजीकरण गर्नुपर्छ । युवा-विद्यार्थीहरुमा नैतिक तथा चारित्तीक गुणको बिकास गर्ने लक्ष्य राज्यले राख्नु पर्दछ । समाजबादी राज्यब्यस्थामा समाजबादी शिक्षा कायम हुनुपर्छ ।

६. निष्कर्ष, सार तथा सुझाव;

बिदेशमा मालिकको चाकरी गर्न बाध्य भैरहेका, अलपत्र परिरहेका १२ महिना काम गरेर ३/४ महिना पेट नभरिने, दिनहुुँ पसिना चुहाएर शरीर ढाक्न हम्मेहम्मे परेका मजदुर बर्गको सुनौलो बिहान आउनुपर्छ । शिक्षालाई श्रममुखी बनाउनु पर्छ । कोभिडका कारण ठप्प भएका शिक्षण संस्था सन्चालनका लागि आबस्यक मापदण्ड बनाएर पठनपाठन सहजीकरण गर्नुपर्छ । युवा-विद्यार्थीहरुमा नैतिक तथा चारित्तीक गुणको बिकास गर्ने लक्ष्य राज्यले राख्नु पर्दछ । समाजबादी राज्यब्यस्थामा समाजबादी शिक्षा कायम हुनुपर्छ ।

द्रष्टब्य: लेखक बाँकेको कोहलपुर मोडल कलेजमा स्नातक तह अध्ययनरत छात्र तथा बाँकेका क्रान्तिकारी विद्यार्थी नेता हुन ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

मंगलसैन – जङ्गलघाट – चिसापानी मार्गका दिन अझै फिर्न सकेनन्
दुर्गममा बिरलै हुने जटिल शल्यक्रिया बयालपाटा अस्पतालमा सम्पन्न
आफ्नै देशमा कृषि क्रान्ति गरौ : प्राङगारिक मलमै आत्मनिर्भर बनौ
हत्याको आशंकामा माईती पक्षद्वारा किटानी जाहेरी