प्रदेश समाचार

नेकपाका नेता डा. रावलद्धारा बयालपाटा अस्पताललाई सुरक्षाका सामाग्री प्रदान

अछाम । नेकपाका नेता स्थायी कमिटी तथा प्रतिनिधी सभा सदस्य डाक्टर भिम रावलले पुन बयालपाटा अस्पताललाई स्वास्थ्य सुरक्षाका सामाग्ी प्रदान गरेका छन् ।

डाक्टर रावलले यसअघि पनि दुई पटक गरेर स्वास्थ्य सुरक्षाका सामाग्री बयालपाटा अस्पताललाई उपलब्ध गराएका थिए ।

पूर्व उपप्रधान, गृह तथा रक्षा मन्त्री समेत रहेका डाक्टर रावलले स्वास्थ्यकर्मीको प्रयोजनका लागि भनेर पिपई, मास्क लगायतका स्वास्थ्य सुरक्षाका सामाग्री प्रदान गरेका बयालपाटा अस्पतालले जनाएको छ ।

अग्रपंक्तीमा रहेर काम गर्ने स्वास्थ्यकर्मीलाई सुरिक्षित भई काम गर्न सहज होस् भने सामाग्री प्रदान गरिएको डाक्टर राववले बताए ।

आफु सुरक्षित भएर बिरामीको समेत सुरक्षित उपचार गर्न सहज होस भनेर उक्त सामाग्री प्रदान गरिएको उनको भनाई छ ।

बेला बेलामा डाक्टर रावलले स्वास्थ्य सुरक्षाका सामाग्री प्रदान गर्दै आईरहेका भन्दै अस्पतालका स्वास्थ्य सेवा निर्देशक डाक्टर विकास गौचनले उनलाई धन्यवाद ज्ञापन गरेका छन् ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

हिमाली गाउपालिका र रारा कैलाश टुर्सको साझेदारीमा जलयात्रा सञ्चालनमा
सुदूरपश्चिमका झण्डै ५८ सयले जिते कोरोना भाइरस
सुदूरपश्चिममा थप एक कोरोना संक्रमितको मृ’त्यु
मंगलसेन नगरमा सुरु भएको अनलाईन प्रणालीको सेवा प्रभावकारी हुने विश्वास